नोट चल्ने, भोट नचल्ने


हामीले लामो राजनीतिक संघर्षपश्चात् राजनीतिक व्यवस्था परिवर्तन गरेर लोकतान्त्रिक गणतन्त्र स्थापना गर्‍यौं । सबै राजनीतिक आन्दोलनका उपलब्धिका रूपमा संविधानमा लिपिबद्ध पनि ग¥यौं । तर सा“च्चै लोकतान्त्रिक गणतन्त्र प्राप्त भएको सबै नेपालीले अनुभूत गर्न सकेका छौं त ? पक्कै पनि हामीले सही अर्थमा लोकतान्त्रिक गणतन्त्र संस्थागत गर्नका लागि गर्नुपर्ने काम धेरै बा“की छन् । यसपटक विदेशमा रहेका नेपालीबारे कुरा गरौं ।

विदेशी भूमिमा भएका अधिकांश नेपाली सबैभन्दा पहिले आफ्नै देशमा अपहेलित भएर विदेश पुगेका नै छन्, मुख्यतः वैदेशिक रोजगारीका लागि खाडीलगायतका देशमा पुगेकाहरु । आफ्नै देशमा रोजगारी प्राप्त भएको भए कोही पनि विदेशी भूमिमा श्रम बेच्न जाने थिएनन् । तर उनीहरु वैदेशिक रोजगारीमा जानुअघिका प्रक्रियामा पाइलापाइलामा ठगिन्छन् । विदेशबाट रेमिट्यान्स भित्र्याउनेमा पनि धेरै वैदेशिक रोजगारीमा गएकाहरु नै पर्छन् । देशको अर्थतन्त्रको महत्वपूर्ण हिस्सा रेमिट्यान्सले नै ओगटेको छ । अझ खाडी मुलुकमा रोजगारीका लागि गएकाहरु अधिकांश गरिब परिवारका व्यक्ति नै छन् । सरकार रेमिट्यान्स भित्र्याएर देश बनाउने गफ दिन्छ, तर रेमिट्यान्स पठाउनेहरुले आफ्नो मताधिकार प्रयोग गर्न पाइरहेका छैनन् । लोकतन्त्र स्थापना भएको एक दशकमा दुई पटक संविधान सभाको चुनाव भयो तर विदेशमा श्रम बेचेर देशको अर्थतन्त्र धान्ने वर्गले आफ्नो मताधिकार प्रयोग गर्न पाएनन् । बल्लबल्ल देशले नया“ संविधान पायो तर अब फेरि संविधान संशोधनको गोलचक्करमा देश फसिरहेको छ, देशमै रोजगारी सिर्जना गरेर विदेशमा भएकालाई समेत देश फर्काउने वातावरण बनाउनु त कता हो कता, विदेशमा रहेका नेपालीले मताधिकार प्रयोग गर्न पाउने गरी समेत कुनै काम भएकोे छैन । विदेशमा बस्ने नेपालीको नोट चल्ने देशमा उनीहरुको भोटचाहि“ चल्नुपर्दैन ?

पछिल्ला केही वर्ष वैदेशिक रोजगारीमा गएकाहरुको अनुहार हेर्ने हो भने धेरै राजनीतिक अधिकारका लागि संघर्षमा लाग्नेहरु नै छन् । देश विकासको मेरुदण्ड युवाहरु रोजगारीका लागि विदेश जानुपर्ने बाध्यता सिर्जना हुनु देशका लागि लाजमर्दो विषय हो । तर सरकार रेमिट्यान्सबाट देश चलाउने हावादारी गफ दिन छाड्दैन । यति हु“दाहु“दै पनि विदेशी भूमिमा अनेकौं अपहेलना सहेर रेमिट्यान्स पठाउने नेपाली राजनीतिक अधिकारबाट वञ्चित छन् । यस्तो कुराले लोकतन्त्रलाई सुन्दर होइन, कुरूप बनाउ“छ, हामीले राजनीतिक संघर्ष गरेको लोकतन्त्रलाई कुरूप बनाउनका लागि होइन ।

विदेशमा रहेका नेपाली विदेशीबाट त अपहेलित हुन्छन् नै, कतिपय बेला आफ्नै देशका केहीबाट राष्ट्रघात नै गरेजसरी अनेकौं गाली पनि सुन्नुपर्छ । विदेशी एयरपोर्टमा त नेपालको पासपोर्ट देखाउ“दा तुच्छ व्यवहार खेप्नुपर्छ नै, स्वदेशमा ओर्लनेबित्तिकै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा समेत त्यहा“का कर्मचारीबाट दुव्र्यवहार खेप्नुपर्छ । वैदेशिक रोजगारीमा जानुअघि, विदेशमा रह“दा र फर्किएर देशमा आउ“दा भोग्नुपर्ने यस्ता अनेकौं सास्ती छन्, जुन आफ्नै देशमा अवसर सिर्जना नहु“दाका बाध्यता हुन् । तैपनि यी सास्ती सहेरै धेरै युवाले विदेशमा दुःख गरेर देशको अर्थतन्त्र धानिरहेका छन् । अब उनीहरुको नोटमात्रै होइन, देशको राजनीतिक नेतृत्व चुन्ने भोट पनि चल्नुपर्छ ।

नेपाली विदेशमा रोजगारीमा मात्रै सीमित छैनन् । धेरै नेपालीले विदेशमा व्यापार, व्यवसायसमेत गरिरहेका छन् र धेरैलाई रोजगारीसमेत दिइरहेका छन्, स“गस“गै आफ्नो देशको अर्थतन्त्रमा समेत सहयोग पु¥याइरहेका छन् । गैरआवासीय नेपालीका माझ पुग्ने र त्यहा“ पनि आफ्नो संगठन विस्तार गर्ने कुरामा नेपालका धेरै राजनीतिक दल अगाडि नै छन् । प्राकृतिक विपत्तिमा होस् वा अन्य सामाजिक भलाइका काममा होस्, दुःख गरेर कमाएको पैसाको केही हिस्सा विदेशमा रहेका नेपालीले सहयोग गरिरहेकै छन् । तर उनीहरुको राजनीतिक अधिकारका निम्ति ठोस काम भएको छैन । नेपालको आर्थिक विकास र समृद्धिका लागि लगानी गर्न धेरै गैरआवासीय नेपाली तयार छन् तर सरकार र राजनीतिक दलले त्यस्तो वातावरण निर्माण गर्न सकिरहेका छैनन् । अर्कोतिर, लोकतन्त्र र गणतन्त्रमा आर्थिक–सामाजिक अधिकारको कुरा त धेरै परको भयो मताधिकार समेत प्रयोग गर्न पाइरहेका छैनन् ।

हामी २१औं शताब्दीमा छौं भनेर बारम्बार भन्ने गर्छौं, पछिल्लो समय आविष्कार भएका प्रविधिको कुरा गरेर थाक्दैनौं । हाम्रा नेता, सांसद सबैले अरुको देशमा गएर भए पनि ती प्रविधिको प्रयोग देखेका पनि छन्, उनीहरु आफूले देखेका नौला कुराको कथा पनि सुनाइरहेकै हुन्छन् तर आफ्नो देशमा त्यस्ता प्रविधिको प्रयोग गर्नेबारे भने ठोस काम गरिराखेका छैनन् । हामीभन्दा भूगोलमा २२ गुणा ठूलो र मतदाताका हिसाबले चालीस गुणाभन्दा पनि ठूलो छिमेकी भारतको दुई वर्षअघिको केन्द्रीय संसद्को निर्वाचनको मत परिणाम हामीले मतदान सकिएको केही घण्टामै थाहा पायौं । अझ केही दिनअघि मात्रै सम्पन्न अमेरिकाको राष्ट्रपति निर्वाचनको कुरा हाम्रो दिमागमा ताजा नै छ, परिणाम मतदान सकिएको केही घण्टामै आएको थियो । विश्वमा अन्यत्र रहेका अमेरिकी नागरिकले पनि मताधिकार प्रयोग गरेको समाचार पनि हामीले पढेका थियौं । तर, हामीकहा“ त देशभित्रै समेत तोकिएको मतदान केन्द्रबाहेक अन्यत्रबाट मत दिने व्यवस्थासमेत छैन, विदेशमा रहेका नेपालीले मताधिकार प्रयोग गर्ने कुरा त धेरै परको भयो ।

हाम्रा दिमागमा ताजै भएका दुईवटा संविधान सभा निर्वाचनको अन्तिम परिणाम थाहा पाइसक्न धेरै दिन कुर्नुपरेको थियो । विश्वमा प्रविधिको विकास यति द्रुत गतिमा भइरहेको छ कि हाम्रो इच्छाशक्ति हुने हो भने अनलाइनबाट नै मतदान गर्न सकिने व्यवस्था मिलाउन सकिन्छ । तत्काल यसो गर्न सकिएन भने पनि कम्तीमा विदेशमा रहेका हाम्रा दूतावासमा मतदान केन्द्र खडा गरेर त्यहा“बाटै मतदान गर्न सकिने व्यवस्था त गरौं ।

लोकतन्त्रको सुन्दर पक्षमध्ये आवधिक निर्वाचन पनि हो । स्वच्छ, भयरहित, पारदर्शी, शान्तिपूर्ण आदि निर्वाचनका महत्वपूर्ण र अत्यावश्यक पक्ष हो । यस्तो निर्वाचन हुन सक्दामात्र लोकतन्त्र सुन्दर हुन्छ, बलियो हुन्छ । स“गस“गै जति धेरै मतदाता मतदानमा सहभागी भए, निर्वाचन त्यति नै सुन्दर हुन्छ । त्यसैले विदेशमा रहेका नेपालीबाट आएको रेमिट्यान्सले अर्थतन्त्र धान्नेमात्रै होइन, उनीहरुलाई मताधिकार प्रयोग गर्ने व्यवस्था पनि गरौं, यसले लोकतन्त्रलाई बलियो बनाउ“छ । अनि स“गस“गै रेमिट्यान्सबाट देश चलाउने हावादारी सपना पनि देख्न छाडौं, देशमा भएका युवालाई यही“ राख्ने गरी रोजगारीका अवसर सिर्जना गरौं, त्यसपछि विदेशमा भएकालाई पनि देश फर्काऔं, विदेशमा दुःख गरेर कमाएको पैसा देशको विकासका लागि लगानी गर्न खोज्नेहरुलाई निर्धक्कसाथ लगानी गर्न सक्ने वातावरण सिर्जना गरौं । केही दशकमै देशको विकास र समृद्धि सम्भव छ ।

हाल– थाइल्यान्ड
नागरिक दैनिकबाट साभार

प्रतिक्रिया दिनुहोस
Advertisement