लुम्बिनी गुरुयोजना ४१ वर्षदेखि अधुरैै


लुम्बिनी – जापानी नागरिक प्रा. केन्जो टांगेले ४१ वर्षअघि गुरुयोजना बनाई व्यवस्थित विकास थाल्दा लुम्बिनीका सात गाउँ विस्थापित भएका थिए। मुस्लिम समुदायको बाहुल्य रहेका ती गाउँका बासिन्दाले लुम्बिनीको विकासलाई त्यति बेलै आत्मसात् गर्दै आफनो घरबास दिएका हुन । स्थानीय र लुम्बिनीबीचको त्यही सद्भाव र सम्बन्धलाइ प्रगाढ बनाउन लुम्बिनी परिसरमा सुविधासम्पन्न हाइस्कुल र क्लिनिक (अस्पताल) निर्माण गर्ने योजना गुरुयोजनामा समावेश गरीयो। तर चार दशक बित्दा पनि ती संरचना बनेका छैनन्।

लुम्बिनी गुरुयोजनामा समावेश यस्ता थुप्रै आयोजना बन्न बाँकी छन्। योजना पूरा नहुँदा लुम्बिनी क्षेत्रको विकास र पर्यटन प्रवद्र्धनमा असर परेको सरोकारवाला बताउँछन्। सन् १९७८ मा सुरु भएको लुम्बिनी गुरुयोजनाको हालसम्म ८० प्रतिशत काम सकिएको लुम्बिनी विकास कोषले जनाएको छ। बाँकी २० प्रतिशत काम साढे दुई वर्षभित्र सम्पन्न गर्ने र त्यसका लागि ६ अर्ब बजेट लाग्ने अनुमान कोषको छ।

बुद्ध जन्मस्थल लुम्बिनीमा पहिलो पटक उत्खननको श्रेय खड्गशमशेर राणालाइ जान्छ। सन् १८९६-९७ मा खड्गशमशेरको नेतृत्वमा अंग्रेज अनुसन्धानकर्ता एलोइस फुहररले उत्खनन गरी लुम्बिनीमा अशोक स्तम्भ फेला पारेका थिए। त्यसपछि विभिन्न कालखण्डमा लुम्बिनीको उत्खनन गरियो। सन् १९९७ मा लुम्बिनी विश्व सम्पदा सूचीमा पनि समावेश भयो।

लुम्बिनीको बृहत्तर विकासको अभियान भने सन् १९६७ मा सुरु भएको हो। बृहत्तर लुम्बिनीका अभियन्ता संयुक्त राष्ट्रसंघका तत्कालीन महासचिव उ थान्त म्यानमारका नागरिक थिए। उनले १९६७ मा लुम्बिनीको भ्रमण गरे। उनले लुम्बिनी विश्वका बौद्ध धर्मावलम्बीको आस्थाको केन्द्र बन्न सक्ने औंल्याउँदै यसको बृहत्तर विकासमा राष्ट्रसंघले सहयोग गर्ने प्रस्ताव तत्कालीन राजा महेन्द्रसमक्ष पेस गरे। लुम्बिनी भ्रमणबाट फर्केपछि थान्तले ‘इन्टरनेसनल कमिटी फर डेभलपमेन्ट अफ लुम्बिनी’ नामक समिति गठन गरी १० लाख डलर आर्थिक सहयोग उपलब्ध गराए।

लगत्तै नेपाल सरकारले लुम्बिनी विकास समिति गठन ग(यो। थान्तकै सक्रियतामा १९७२ मा जापानका वास्तुविद प्रा। केन्जो टांगेलाई लुम्बिनीको व्यवस्थित विकासका लागि गुरुयोजना तयार गर्ने जिम्मा लगाइयो। टांगेको गुरुयोजना सन् १९७८ मा पारित भई %9

प्रतिक्रिया दिनुहोस
Advertisement