काठमाडौं– प्रदेश ५ का सांसद उत्तम कुमार ओलीको निधनप्रति प्रधानमन्त्री केपी शर्मा ओलीले दुःख व्यक्त गरेका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को केन्द्रीय कार्यालय धुम्बाराहीमा स्वर्गीय ओलीको शवमा पार्टीको झन्डा ओढाएर प्रधानमन्त्री ओलीले श्रद्धाञ्जली व्यक्त गरेका थिए।
प्रधानमन्त्री ओलीले नेकपाका एक जना होनोहार युवा नेताको निधनले सिंगो पार्टी र देशलाई नै क्षति पुगेकोे उल्लेख गरे। उनले मृतकका परिवार, आफन्तजन र सम्पूर्ण पार्टीपंक्तिप्रति गहिरो समवेदना पनि व्यक्त गरेका छन्।
२०७४ सालमा भएको प्रदेशसभा निर्वाचनमा दाङको क्षेत्र नम्बर ३ ’ख’बाट तत्कालीन नेकपा (एमाले)को तर्फबाट उनी विजयी भएका थिए। केही दिनअघि सवारी दुर्घटनामा परी घाइते भएका प्रदेश सांसद ओलीको ३७ वर्षको उमेरमा शुक्रबार बिहान निधन भएको हो।
प्रतिक्रिया