प्रहरीले माग्यो १५ म्यानपावरको विवरण (सुचीसहित)


काठमाडौं – महानगरीय प्रहरी परिसर ललितपुरले वैदेशिक रोजगार विभागसँग १५ म्यानपावर कम्पनीको विवरण मागेको छ । प्रहरी परिसर ललितपुरका अनुसन्धान अधिकृत प्रहरी निरीक्षक रेशमप्रसाद आर्चायले पत्रमार्फत विभागसँग म्यानपार कम्पनीको विवरण मागेका हुन् ।

प्रहरीले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय समेतको पत्रको जाहेरीले प्रतिवादी शेरबहादुर सम्वाहाम्फे (लिम्बु), मञ्जु अधिकारी र लक्ष्मण लिम्बको ठगी मुद्दामा अनुसन्धानका क्रममा १५ म्यानपावर कम्पनीको समेत विवरण आवश्यक परेको भन्दै विभागलाई पत्राचार गरेको छ ।

प्रहरीले विभागलाई पठाएको पत्रमा म्यापावर कम्पनी दर्ता भए नभएको , दर्ता भएको अवस्थामा कसको नाममा दर्ता रहेको, सञ्चालक यकिन गरेर सम्पर्क नम्बरसहित दर्ता प्रक्रियामा पेस गरिएका कागजाको प्रतिलिपि पठाइ अनुसन्धानमा सहयोग गरिदिन आग्रह गरिएको छ ।

शेरबहादुर सम्वाहाम्फे (लिम्बु) प्रतिवादीरहेको सूचीमा वल्ड भिजन म्यानपावर कुपन्डोल, एचडी एचआर म्यानपावर धोविघाट, अरोरा म्यानपावर, चन्द्रमा म्यानपवारर अल्फा सिग्मा म्यानपावरको विवरण प्रहरीले माग गरेको छ ।

यसैगरी मञ्जु अधिकारी प्रतिवादीमा तारा एच आर म्यानपावर, न्यु वल्र्ड ओभरसिज, लक्की एचआर, अरोरा म्यानपावर, गोरखा एचआर र लिभर टीएच आरको विवरण माग गरिएको छ । यस्तैगरी लक्ष्मण लिम्बु प्रतिवादीमा इन्टरनेसनल म्यापावर, लक्की ओभरसिज, एबी म्यापावर कुसुन्ती, लिबर्टी एचआर र एस के इन्टरनेसनलको ललितपुर महानगरीय प्रहरी परिसले सबै विवरण मागेको हो । ‘ललितपुर परिसरबाट केही म्यानपावर कम्पनीको विवरणसहित पत्र आएको छ’, वैदेशिक रोजगार विभागका प्रवक्ता उद्धवप्रसाद रिजालले भने, ‘प्रहरीले मागेअनुसारको विवरण केही दिनभित्र पठाउँछौं ।’ आजको अन्नपुर्ण पोष्टमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement