काठमाण्डु- आईसीसी च्याम्पियन्स ट्रफी २०२५ को ११ औं खेल शनिबार दक्षिण अफ्रिका र इङ्गल्याण्डबीच हुँदैछ । यो खेल पाकिस्तानस्थित कराँचीको राष्ट्रिय रंगशालामा दिउँसो २ः४५ बजेदेखि सुरु हुनेछ ।
दुवै टोलीले हालसम्म दुई/दुई खेल खेलेका छन् । दक्षिण अफ्रिकाले एक खेल जितेको छ भने अर्को खेल वर्षाका कारण रद्द भएको थियो । यता, इङ्ग्ल्याण्ड भने पहिलो जितको खोजीमा छ ।
दक्षिण अफ्रिकाको पछिल्लो खेल वर्षाले प्रभावित भएर रद्द भएको थियो । शनिबारको खेल जितेमा यो टोलीले सेमिफाइनलमा आफ्नो स्थान पक्का गर्नेछ ।
अर्कोतर्फ, सुरुका दुई खेल हारेपछि प्रतियोगिताबाट बाहिरिसकेको इङ्गल्याण्ड सम्मानजनक जितका साथ प्रतियोगिता अन्त्य गर्न चाहन्छ । यदि इङ्गल्याण्डले ठूलो अन्तरले जित हासिल ग¥यो भने अफगानिस्तानलाई सेमिफाइनलमा पुग्ने अवसर प्राप्त हुनेछ ।
च्याम्पियन्स ट्रफीमा यी दुई टोली पाँचौं पटक आमनेसामने हुन लागेका छन् । यसअघि चार खेलमा दक्षिण अफ्रिकाले २ र इङ्गल्याण्डले २ खेल जितेका थिए ।
कुल ७० एकदिवसीय खेलमा इङ्गल्याण्डले ३४ र दक्षिण अफ्रिकाले ३० खेल जितेको छ । ५ खेल अनिर्णीत हुँदा १ खेल बराबरीमा सकिएको थियो ।




प्रतिक्रिया