राष्ट्रिय स्वाभिमानमा आँच पुग्ने एमसीसीको बजेट हटाऔंः नेकपा सांसद् तामाङ

राष्ट्रिय स्वाभिमानमा आँच पुग्ने एमसीसीको बजेट हटाऔंः नेकपा सांसद् तामाङ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सांसद पर्शुराम तामाङले सांसद तामाङले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) अन्तर्गतको बजेट कटौती गर्नुपर्ने प्रस्ताव राखेका छन् ।

मंगलबारको प्रतिनिधिसभा बैठकमा अर्थ मन्त्रालयअन्तर्गतको वनियोजन विधेयकमाथिको छलफलमा खर्च कटौतीको प्रस्तावमा राख्दै उनले एससीसीलाई राष्ट्रिय स्वाभिमानमा आँच पुग्ने सम्झौताको संज्ञा दिए ।

सुगौली सन्धि र सन् १९५० को असमान सन्धिलाई नवउपनिवेशवादी भएजस्तै एमसीसी राष्ट्रिय स्वाभिमानमा आँच पुर्‍याउने सम्झौता भएको जिकिर उनको थियो ।

उनले अर्थ मन्त्रालय र राष्ट्रिय योजना आयोगको विद्यमान संरचनामा व्यापक हेरफेरको आवश्यकता रहेको बताए ।

सरकारले संविधानले मौलिक हकका रुपमा स्वीकार गरेको स्वास्थ्य र शिक्षामा अधिक लगाएर पश्चगामी कर नीति अख्तियार गरेको आरोप तामाङले लगाए ।

फरक प्रसंगमा उनले कूल बजेटको आधा हिस्सा प्रशासनिक खर्चका लागि छुट्याइनु अर्थतन्त्रका लागि गम्भीर चुनौती भएको उल्लेख गरे ।