सम्पत्ति शुद्धीकरण विभाग प्रधानमन्त्री मातहत छ भन्नु भ्रम होः अर्थमन्त्री वाग्ले

सम्पत्ति शुद्धीकरण विभाग प्रधानमन्त्री मातहत छ भन्नु भ्रम होः अर्थमन्त्री वाग्ले

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग प्रधानमन्त्री कार्यालयअन्तर्गत रहेको भन्ने भ्रम नफैलाउन आग्रह गरेका छन् ।

बिहीबार प्रतिनिधिसभा बैठकमा सम्पत्ति शुद्धिकरण (मनि लाउन्डरिङ) निवारण विधेयकमाथि संशोधन गर्न बनेको विधेयकमाथिको छलफलमा सासदहरुले उठाएको प्रश्नको जवाफमा मन्त्री वाग्लेले विभाग अर्थ मन्त्रालय मातहतमै रहेको प्रष्टीकरण दिए ।

बरु विगतमा प्रधानमन्त्री कार्यालय मातहत राखेर राजनीतिक प्रतिशोध साँध्ने काममा विभागको दुरुपयोग गरिएको वाग्लेले बताए ।

‘यहाँ एटा भ्रम पाएँ मैले । माननीयज्यूहरुले सम्पत्ति शुद्धीकरण विभाग प्रधानमन्त्री कार्यालयअन्तर्गत छ यसलाई अख्तियारले मात्र हेरे पुग्ने भन्ने छm, त्यो गलत हो’, वाग्लेले भने, ‘ सम्पत्ति शुद्धीकरण विभाग अर्थ मन्त्रालयअन्तर्गत छ । पहिला प्रधानमन्त्री कार्यालयअन्तर्गत थियो र व्यापक उजुरी संकलन गरेर ठूलो ‘पोलिटिकल हर्यासमेन्टको कुसंस्कार बसाइएको थियो । त्यसलाई हामी सुधार्दै छौं । ‘प्रोफेसनल्ली’ अगाडि लानुपर्छ भनेर अहिले यो अर्थ मन्त्रालयअन्तर्गत नै छ ।’

वाग्लेले अख्तियारले मात्र नभई सम्पत्ति शुद्धीकरणको मुद्धा चलाउने निकाय १३ वटा रहेको बताए ।