बुटवलमा टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु

बुटवलमा टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बुटवल– बुटवलको व्यस्त राजमार्ग चौराह क्षेत्रमा भएको सडक दुर्घटनामा एक स्कुटर चालकको मृत्यु भएको छ ।

टिपरको ठक्करबाट गम्भीर घाइते भएका भैरहवाका ६० वर्षीय ताराचन सुनारको उपचारका क्रममा मृत्यु भएको हो ।

प्रहरीका अनुसार भैरहवाबाट बुटवलतर्फ आउँदै गरेको लु२ख ३००२ नम्बरको टिपरले सोही दिशातर्फ गइरहेको स्कुटरलाई ठक्कर दिएको थियो ।

दुर्घटना राजमार्ग चौराहमा खटिएका ट्राफिक प्रहरीकै अगाडि भएको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

प्रारम्भिक विवरणअनुसार तीव्र गतिमा रहेको टिपरले स्कुटरलाई ठक्कर दिएको थियो ।

ठक्करपछि गम्भीर अवस्थामा रहेका सुनारलाई तत्काल उद्धार गरी लुम्बिनी प्रादेशिक अस्पताल पुर्‍याइएको थियो ।

तर, उपचारका क्रममा चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन् ।

घटनापछि प्रहरीले टिपर र चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।