ग्वार्कोको फ्लाइओभरमा बस बस ठोक्कियो, एक यात्रुको मृत्यु, ६ घाइते

ग्वार्कोको फ्लाइओभरमा बस बस ठोक्कियो, एक यात्रुको मृत्यु, ६ घाइते

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ललितपुर– ललितपुरको ग्वार्कोमा बिहीबार बिहान बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । अरु ६ यात्रु घाइते भएका छन् ।

कोटेश्वरबाट ग्वार्को जाँदै गरेको बा२ख ३५९० नम्बरको बस बिहान करिब १०ः ३० बजेको समयमा फ्लाइओभरको भित्तामा ठोक्किएर दुर्घटना भएको ललितपुर प्रहरी परिसरका एसपी गौतम मिश्रले जानकारी दिए ।

उनका अनुसार दुर्घटनामा ज्यान गुमाएकी अन्दाजी ४० वर्षीया महिलाको सनाखत हुन बाँकी छ ।

घाइते दुई पुरुष र चार महिलालाई उपचारका लागि बी एण्ड बी अस्पताल पठाइएको छ । प्रहरीले बस र चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ ।