तनहुँ जलविद्युत आयोजनाको निर्माण सम्झौता अझै हुन सकेन ,कम्पनीको कामप्रति एडिवीको असन्तुष्टी


काठमाडौं – तनहुँको दमौलीमा निर्माणाधीन १ सय ४० मेगावाटको तनहुँ हाइड्रो (माथिल्लो सेती) जलाशय जलविद्युत आयोजनाको प्रगति विवरण ज्यादै निराशाजनक रहेको औंल्याएइएको छ ।  नेपाल विद्युत प्राधिकरणको शतप्रतिशत स्वामित्वमा तनहुँ हाइड्रो पावर लिमिटेड कम्पनीले निर्माण गरीरहेको काम प्रति एसियाली विकास बैंक एडिबीले प्रश्न उठाएको हो । लक्षित समयभित्र तोकिएको खर्च तथा भौतिक प्रगति गर्न नसकेकोप्रति भन्दै वैठकमा कुरा उठाइएको हो ।

बिहीबार आयोजित एडिबीको लगानीका आयोजनाको त्रिपक्षीय समीक्षा बैठकमा ऊर्जा तथा जलविद्युतका आयोजनामध्ये तनहुँ हाइड्रो निकै पछि परेको निष्कर्ष निकालेको छ । । बैठकमा आयोजनाको पहिलो प्याकेजको ठेक्का सम्झौता गर्न समय लागेको र यही कारण लक्षित बजेट खर्च हुन नसकेको कारण देखाइएको छ । तनहुँ हाइड्रो पावर लिमिटेडले साउन ८ गतेमात्र पहिलो र दोस्रो प्याकेजको ठेकेदार छनोट गरेको छ । तर, सम्झौता गरेको छैन । सन् २०१८ का लागि यो दोस्रो त्रैमासिकको समीक्षा बैठक हो ।

ठेक्का ढिलाई हुनुमा भने एडिबी नै जिम्मेवार छ । प्रारम्भिक सूचीमा परेका कम्पनीको अन्तिम छनोटको स्वीकृति दिन एडिबीले महिनौं लगाउँदा समयमा काम हुन नसकेको हो । यता सन् २०१८ मा ७ करोड ६५ लाख अमेरिकी डलरको ठेक्का गर्नुपर्ने लक्ष्य तोकिएको छ । दोस्रो त्रैमासिक अर्थात् गत असार १६ गते ९ सन् २०१८, जुन ३०० सम्म ५ करोड ५० लाख ८० हजार डलर बराबरको ठेक्का गर्ने लक्ष्य थियो । तर, यस अवधिमा १० लाख २० हजार डलरको मात्र काम भएको देखाइएको छ ।

एडिबीका अनुसार आयोजना चालू वर्ष १ करोड २७ लाख डलर खर्च गर्नुपर्ने सीमा तोकिएको छ । यस्तै, दोस्रो त्रैमासिकसम्म ६२ लाख ७० हजार डलर खर्च हुनुपथ्र्यो । तर, यस अवधिमा जम्मा ५ लाख ८० हजार डलर खर्च भएको छ । एडिबीले पहिलो प्याकेजको ठेक्का सन् २०१८ मे १५ ९जेठ १ गते सम्म गर्नुपर्ने सीमा तोकेको थियो । तर, उसैका कारण ठेक्का सम्झौतामा ढिलाई भएको कम्पनीका अधिकारीहरू बताउँछन् ।

पहिलो प्याकेजअन्तर्गत बाँध, जलाशयलगायत सिभिल निर्माण र दोस्रो प्याकेजमा सुरुङ, विद्युतगृह, हाइड्रो तथा इलेक्ट्रो मेकानिकल निर्माण पर्छ । अहिले दुवै प्याकेजको ठेकेदार छनोट भई सम्झौता हुनमात्र बाँकी छ । आयोजनामा एडिबीको अगुवार्इमा जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका), युरोपियन इन्भेष्टमेन्ट बैंकलगायतकै ऋण लगानी छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement