अमेरिकी उपरक्षामन्त्रीलाई चिनियाँ राजदूत होउ यान्छीले थर्काइन्

अमेरिकी उपरक्षामन्त्रीलाई चिनियाँ राजदूत होउ यान्छीले थर्काइन्


काठमाडौं – छिमेकमा चिनियाँ लगानीबारे अमेरिकाले पारदर्शिताको प्रश्न उर्ठापछि चीनले असन्तुष्टि जनाएको छ । चिनियाँ राजदूत होउ यान्छीले कोसौँ टाढा रहेको मुलकले छिमेकमा अविश्वास पैदा हुने गरी टिप्पणी गरेको बताएकी छन् ।

हिमाल र नदीनालाले जोडिएको नेपाल चीन वर्षौदेखिका दुःख सुखका छिमेकी भएको उनको भनाई छ । अमेरिकी उपसहायक रक्षामन्त्री जोसेफ एच फेल्टरले सोमबार काठमाडौंमा निचिया लगानी नेपालको हितमा हुनुपर्ने बताएका थिए ।

यो पारदर्शी पनि रहनुपर्ने उनको धारण थियो । राजदूत होउले भने अर्काको लगानीको टिप्पणी गर्नुभन्दा आफ्नो सहयोग अघि बढाएर ती मुलुकको सम्पन्नता अभियानमा सघाउनु पर्ने बताइन् । यो समाचार अन्नपूर्णामा पोष्ट दैनिकमा छ ।