भारतले ढुवानी लाइसेन्स नदिँदा नेपालीको साढे तीन अर्ब जोखिम

भारतले ढुवानी लाइसेन्स नदिँदा नेपालीको साढे तीन अर्ब जोखिम


काठमाडौं – भारतले ग्यास ढुवानी गर्ने लाइसेन्स नदिँदा नेपाली व्यवसायीहरुको साढे तीन अर्ब रुपैयाँ अलपत्र परेको छ। नेपाल एलपी ग्यास उद्योग संघका अनुसार दुई वर्षको अवधिमा करिब साढे तीन अर्ब रुपैयाँ अलपत्र परेको हो।

सरकारले करिब दुई वर्षअघि नेपाली व्यवसायीले पनि ग्यास बुलेट खरिद गर्न र त्यसबाट ढुवानी गर्न पाउने व्यवस्था गरिदियो। ७७५ बुलेटको अनुमति दियो। व्यवसायीले भारतको दिल्ली, बरौदा, पुणे र हरियाणालगायत सहरमा बुलेट बनाउन थाले।

पुस २४ मा ना ७ ख ९२७ र ना ७ ख ९२८ नम्बरको बुलेट भित्र्याएको छ। भारतमै अडैर गरेर थप ५३ वटा बुलेट ल्याउन तयारी अवस्थामा छन्। ४०९ बुलेट बुकिङ गरिसके। १५ वटा बुलेटका चेसिस भन्सार नाकामा रोकिएका छन्। एउटाको ७० लाखका दरले ४७९ बुलेटमा व्यवसायीको साढे तीन अर्ब रुपैयाँ जोखिमा परेको हो। यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।