विप्लव नेतृत्वको नेकपाका नेता भन्छन्- ‘प्रतिबन्धको प्रतिवाद गर्छौ’


काठमाडौं – सरकारले प्रतिबन्ध लगाउने घोषणा गरेपछि नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले त्यसको प्रतिवाद गरिने बताएको छ । विप्लव नेतृत्वको नेकपाका नेता जीवन्तले राजधानीसँगको कुराकानीमा यो सरकारले लगाएको प्रतिबन्धको राजनीतिक रुपले भण्डाफोर र प्रतिवाद गरिने बताए ।

उनले यो प्रतिबन्ध जनताले लडेर ल्याएको सीमित अधिकार पनि खोस्ने षढयन्त्र भएको भन्दै त्यसको ढटेर सामना गरिने उल्लेख गरे । यो प्रतिबन्ध विप्लव निकट नेकपामाथिको प्रतिबन्धमात्रै नभएर परिवर्तनको पक्षमा बोल्ने, राष्ट्रवादी, देशभक्त र परिवर्तनकामी शक्तिमाथि दमनको दुष्चक्र चलाउने र राष्ट्रघाती, देशद्रोही र विखण्डनकारी शक्तिलाई मलजल गर्ने कदम भएको आरोप लगाए ।

उनले कुनै पनि राजनीतिक पार्टीलाई आपराधिक संगठनको दर्जा दिन प्रजातन्त्रमाथिकै लज्जाको विषय भएको उनले बताए । सरकारको यो कदमको विप्लव माओवादीले लिखित रुपमै धाराणा सार्वजनिक गर्ने उनले जानकारी दिए । यो समाचार आजको राजधानी दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement