विप्लव नेतृत्व नेकपाको पोलिट्ब्युरो बैठक सुरु, जनयुद्ध घोषणा गर्ने तयारी


काठमाडौं – सरकारले मुलुकमा आपराधिक गतिविधि र चन्दा आतंक मच्चाएको भन्दै नेत्रविक्रम चन्द विप्लव समुहमाथि प्रतिबन्ध लगाएपछिको अवस्था र भावी रणनीति तय गर्न विप्लव नेतृत्वको नेकपाले पोलट्ब्यिुरो बैठक बोलाएको छ ।

मंगलबार साँझ मन्त्रिपरिषदको बैठकले विप्लव समूह अपराधिक संगठन भएको ठहर गर्दै प्रतिबन्ध लगाउने निर्णय गरेको थियो ।  बैठक शुक्रबारबाट सुरु भएको छ । विप्वल समूहलाई सरकारले मंगलबार आपराधिक समूह किटान गर्दै मन्त्रिपरिषद बैठकबाट प्रतिबन्धको निर्णय गरेको थियो ।

सो समूहका एक पोलिट्ब्युरो सदस्यले अकस्मात नयाँ परिस्थिति खडा भएकाले आगामी दिनमा सरकारविरुद्ध कसरी प्रस्तुत हुने भन्ने विषयमा छलफल गर्न बैठक बोलाइएको बताए । उनका अनुसार मुलुकभित्रै ज्ञात स्थलमा बस्ने पोलिट्ब्युरो बैठकले सरकारले आफ्नो समूहलाई लक्षित गरी एकतर्फी रुपमा युद्ध घोषणा गरेकाले ‘बन्दुकको जवाफ बन्दुकले दिने’ रणनीति बनाइने उल्लेख गरे ।

‘सरकार जसरी प्रस्तुत हुन्छ, हामी त्यसरी नै प्रस्तुत हुनुपर्ने भएको छ’, उनले भने, ‘हामी सरकारको सैन्यवादी चरित्रलाई प्रतिकार गर्ने निर्णय गर्दैछौं । उनका अनुसार विप्लवलाई तत्काल ‘दोश्रो जनयुद्ध’ घोषणा गरेर जान पार्टीभित्रका बहुमत नेताहरुको दबाब छ । तर, विप्लव भने परिस्थितिको अथप आंकलन गरेर मात्र त्यसबारे निर्णय लिने मनस्थितिमा छन् । यद्यपि उनले विज्ञप्तिमार्फत सरकारले एकतर्फी युद्ध घोषणा गरेको भन्दै त्यसको जवाफ दिइने बताइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement