विप्लवमाथि लागेको प्रतिबन्ध फुकाउन युरोपबाट दबाब


युरोप –नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपामाथि सरकारले लगाएको प्रतिबन्धको चौतर्फी विरोध र आलोचना भैरहेको बेला नेपाली जनप्रगतिशील मोर्चा युरोपले नेकपामाथिको प्रतिबन्ध तत्काल फिर्ता गर्न सरकारसँग माग गरेको छ ।मोर्चामा आबद्ध बेल्जियम, जर्मनी पोर्चुगल, स्पेनका संघ संगठनले संयुक्त विज्ञप्ति जारी गर्दै यस्तो माग गरेका हुन् ।

राज्यले विगत देखिनै नेपाल कम्युनिष्ट पार्टी र यसका नेता कार्यकर्ताबिरुद्ध गर्दै आएको नियोजित घरपकड र पछिल्लो समय लगाएको राजनीतिक प्रतिबन्धले सरकारको फासिवादी चत्रि उदाङ्गो भएको जनाएको छ । ‘हामी नेपाल सरकारद्वारा एकतर्फी युद्ध घोषणाको आभास हुने गरी गरिएको विप्लवमाथिको प्रतिबन्ध तत्काल फिर्ता लिन जोडदार माग गर्दछौँ,’ विज्ञप्तिमा भनिएको छ ।

‘सिडो कम्युनिष्ट’नकावधारी वर्तमान नेपाल सरकारले जनअभिमत र जनअपेक्षा लत्याउँदै नेपाल कम्युनिष्ट पार्टीमाथि प्रतिबनध लगाएरु राज्यको अर्बै कर अपचलन गर्नेरु कालोबाजारी, विदेशी भूमिमा नेपाली दाजुभाई र दिदीमहिनी बिक्री गर्ने मानव तस्कर, सिन्डिकेट माफिया र अन्तराष्ट्रिय शक्ती केन्द्रहरुको स्वार्थको पक्षामा वकालत गर्दै आफूलाई प्रतिक्रियावादी शक्तीको कित्तामा उभिएको स्वयमले प्रमाणित गरेको छ ।

यसका साथै जनयुद्धको युगान्तकारी अभियान अनि जनविश्वासलाई कथित शान्ती सम्झौताको नाममा प्रतिक्रियावादी शक्ती सामू आत्मसर्मपण गरेर बादशाहको घोडा चढ्न हतारिँदै वर्ग परिवर्तन गरेका प्रचण्डलगायतको समूह सरकारी प्रतिबन्धको मूख्य योजनाकारको भूमिकामा देखिनु अत्यन्तै दूर्भाग्यपूर्ण छ’, युरोपबाट जारी विज्ञप्तिमा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement