विप्लव समूहमाथि प्रहरीको आक्रामक अपरेसन


काठमाडौं – सरकारले नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका गतिविधिलाई रोक लगाएपछि प्रहरीले आक्रामक अपरेसन सुरु गरेको छ।

विप्लव समूहले पहाडी जिल्ला केन्द्रीत गतिविधिलाई तीव्र बनाएसँगै प्रहरी प्रधान कार्यालयले पनि तीनै जिल्लामा अपरेसन केन्द्रीत गर्न मातहतका निकायलाई निर्देशन दिएको छ।  प्रहरीले आवश्यकताअनुसार नियन्त्रित अनुसन्धान प्रविधि (कन्ट्रोल डेलीभरी) र गुप्च कारवाही (अन्डर कभर अपरेसन)पद्धति अपनाएर अपरेसन सुरु गरेको हो।

मंगलबार राति महानगरीय प्रहरी अपराध महाशाखाका एसपी सोमेन्द्र सिंह राठौर नेतृत्वको टोलीले काभ्रेमा कारवाही गर्दा पनि सोही पद्धति अपनाएको थियो। ललितपुरको नख्खुमा भएको बम विस्फोट र बसुन्धरामा भएको बम विष्फोटमा सम्लग्नहरुको खोजी गर्दै जाँदा प्रहरीले सर्च अभियानभन्दा पनि अन्डरकभर अपरेशनलाई प्राथमिकता दिएको छ। यो खबर नागरिक दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement