काठमाडौँ – गत माघ २५ गते बसेको मन्त्रिपरिषद् बैठकको गरेका निर्णय विहीबार सार्वजनिक गरिएको छ । उक्त बैठकका निर्णयहरूबारे जानकारी दिन बिहीबार आयोजित पत्रकार सम्मेलनमा सूचना तथा सञ्चार प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले सरकार र संयुक्त राज्य अमेरिकाको मिलेनियम च्यालेन्ज कर्पोरेशन ‘एमसिसी’ बीच सम्पन्न ‘मिलेनियम च्यालेन्ज कम्प्याक्ट’ अनुमोदनका लागि संघीय संसद्मा पेश गर्ने निर्णय गरिएको बताउनुभयो ।
यस्तै औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको महाप्रबन्धक पदमा सुवास सिटौलालाई नियुक्त गरिएको, बजेट कार्यान्वयनमा देखिएका समाधान गर्ने, सेफगाड्र्स एन्टी–डम्पिङ तथा काउन्टरभेलिङ विधेयक, २०७५ संघीय संसद्मा पेश गर्न स्वीकृति दिने, नागरिकता मायादेवी थापा क्षेत्री सदर÷बदर सम्बन्धमा पुनः निर्णय गर्न काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई अनुमति दिने र अध्यागमन नियमावली, २०५१ को अनुसूची ११ संशोधन, लागूऔषध प्रयोगकर्ताहरूको लागि उपचार तथा पुनस्र्थापना केन्द्र सञ्चालन निर्देशिका स्वीकृत दिने निर्णय गरेको उहाँले बताउनुभयो ।
मन्त्री बाँस्कोटाले क्रिकेट, साग फुटबलमा सफलता प्राप्त गर्ने खेलाडी, प्रशिक्षक तथा अफिसियलहरूलाई पुरस्कारस्वरुप १ करोड ५६ लाख प्रदान, राष्ट्रिय खेलकुद विकास विधेयक, २०७५ संघीय संसद्मा पेश गर्न स्वीकृति, पाँच जना सहायक रथीलाई उपरथी दर्जामा पदोन्नती गरी पदस्थापन र पाँच जना उपरथीलाई सरुवा गर्ने निर्णय गरेको जानकारी दिनुभयो ।
प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालन निर्देशिका, २०७५ र बौद्ध दर्शन प्रवद्र्धन तथा गुम्बा विकास समिति ‘गठन’ ‘पहिलो संशोधन’ आदेश, २०७५ स्वीकृत गर्ने र नेपाल दूरसञ्चार प्राधिकरणका वरिष्ठ निर्देशक पुरुषोत्तम खनाललाई नेपाल दूरसञ्चार प्राधिकरणमा कार्यवाहक अध्यक्ष तोक्ने निर्णय गरेको उहाँले बताउनुभयो । यो खबर आजको समाचारपत्रमा छ ।
प्रतिक्रिया