बेरोजगारको समस्यालाई लक्षित गर्दै उत्पादनमुखी र सेवाप्रदायक खोज तथा बिकास निर्माणमा बोस्क फाउण्डेसन


काठमाडौं – बोस्क फाउण्डेनसन प्रालिको सातौ वार्षिक उत्सव काठमाडौंमा समापन भएको छ । मंगलबार काठमाडौंमा पूर्व विज्ञान तथा प्रविधि मन्त्री तथा नेकपा विज्ञान तथा प्रविधि विभाग प्रमुख गणेश शाहले एक कार्यक्रमकाबीच समापन गरेका हुन् ।

बोस्क फाउण्डेसनले बेरोजगारको समस्यालाई दृिष्टगत गर्दै उत्पादनमुखी र सेवाप्रदायक खोज तथा अनुसन्धान बिकास निर्माणमा सहयोग गर्दै राष्ट्रिर्य अन्तरराष्ट्रिय संघ सस्थाबाट सुचारु भएको प्रोजेक्ठरुको सुचना लक्षित ठाउंमा सम्प्रेसण गर्ने नबिनतम खोज तथा अनुसन्धाअनका लागि प्रोटोटाइप डेभलपमेण्ट डेमोनेस्ट्रेसन सम्बन्धी कार्यक्रमहरु संञ्चालन गर्दै आइरहेको छ । बोक्स फाउण्डेसन छ वर्ष पुरा गरेर सातौं वर्षमा प्रवेश गरेको छ ।

सिइओ मान बहादुर सुनुवारले भने,फाउण्डेसनले बिभिन्न कार्यक्रमहरु संञ्चान पनि गर्दै आइरहेको छ जसमा करियर योजना तथा बिकास प्रोटोटाइप डेभलपमेण्ट एण्ड डेमोन्स्ट्रेसन प्रोग्राम ब्याबसायिक योजना तथा बिकास इन्टर्प्राइजेज डेभलपमेन्ट एण्ड अपरेसनल प्रोग्राम साथैं फाउण्डेसनले आफ्नो उदेश्य अनुसार सन्दर्भ मिल्ने गरी शैक्षिक परियोजना, सूचना तथा प्रबिधी परियोजना, व्यवसायिक तथा औधोगिक परियोजना अघी बढाइरहेको छ ।

 

फाउण्डेसनले स्थापना काल देखी आज सम्म आइपुग्दा २० वटा बिद्यालयहरुमा कार्यक्रम गरि सकेको छ ।कम्पनीलाई आगामी दिनमा अगाडी बढाउनको लागी करिअर योजना तथा विकास कार्यक्रम,प्रोटोटाइप डेभलपमेन्ट एण्ड डेमोन्स्टेसन प्रोग्राम कम्पनीका भावी नीति तथा कार्यक्रम रहेका सिइओ मान बहादुर सुनुवारले बताए । कार्यक्रममा समाजसेवी,शिक्षक,प्राधानाध्यापक,विद्यार्थी लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस
Advertisement