काठमाण्डु - प्रधानमन्त्री शेरबहादुर देउवाले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसंग संवाद थालेका छन् । ओलीलाई भेट्न बालकोट पुगेका देउवाले संसदमा जारी अवरोध अन्त्य गर्ने विषयमा छलफल गरेका छन् । भेटमा अमेरिकी सहायता परियोजना एमसीसी सम्झौता अगाडि बढाउने विषयमा पनि प्रधानमन्त्री देउवाले एमालेको सहयोग मागेका छन् । एमालेसंग वार्ता गर्न सत्ता गठबन्धनका नेताहरुले देउवालाई आग्रह…