सिन्धुपाल्चाेक - सिन्धुपाल्चोकको पर्यटकीय क्षेत्र हेलम्बु, त्रिपुरासुन्दरीको लब्से, बाह्रबिसेको सोताङ, गोब्रे, ओखरेनी, पाँचपोखरीको उच्च क्षेत्रमा हिमपात सुरु भएसँगै जनजीवन प्रभावित बनेको छ । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाको शेर्माथान, आमा याङ्ग्री, तार्केघ्याङ, ठाडेपाटी, मेलम्ची घ्याङलगायत उच्च भूभागमा मंगलबारदेखि बाक्लो हिमपात सुरु भएको हो । बिहीबार बिहानैदेखि हल्का वर्षासहित हिमपात सुरु भएसँगै जिल्लाको उच्च भूभागमा जनजीवन प्रभावित बनेको…