काठमाडौं– राजु नगरकोटीले क्यानडा ओपन जी वान अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा शनिबार कास्य पदक जितेका छन् । क्यानाडाको भ्यानकुभरस्थित रिच्मन्ड ओलम्पिक ओभलमा भएको प्रतियोगिताको पुरुष एकल पुम्सेमा राजुले कास्य जित्न सफल भएको राष्ट्रिय खेलकूद परिषद्ले जनाएको छ । राजु सहभागी स्पर्धामा नौ मुलुकका खेलाडी सहभागी थिए । नुवाकोट स्थायी घर भएका राजु विगत १७ वर्षदेखि मकाउमा…