काठमाण्डु- नेपाल प्रिमियर लिग (एनपीएल) मा बिराटनगरले कर्णाली याक्सविरुद्ध ३ विकेटको जित हात पारेको छ ।कर्णालीले दिएको १६१ रनको लक्ष्य विराटनगरले १९.५ ओभरमा ७ विकेट गुमाएर पूरा गरेको हो । विराटनगरको यो चौथो जित हो। यो जितसँगै विराटनगर प्लेअफ नजिक पुगेको छ। चार खेलमा तीन जित र एक खेलमा हार भोगेको विराटनगरले आठ अंक बनाएको…