सीमामा चीन र भारतीय सेनाबीच भएको भिडन्तबारे बोल्यो राष्ट्रसंघ


एजेन्सी – संयुक्त राष्ट्रसंघले भारत र चिनियाँ सेनाबीच लद्दाखमा भएको झडपका क्रममा ज्यान गुमाएको घटनाप्रति दुःख व्यक्त गरेको छ । संयुक्त राष्ट्रका महासचिव अन्टोनियो गुटेरेसले भारत र चीनबीच सीमामा भएको झडपछि अधिकतम संयमता अपनाउन आग्रह गरेका छन् ।

उनले सोमबार राति लद्दाखको गलवानी भ्यालीमा भएको झडपप्रति चिन्ता व्यक्त गर्दै भारत र चीन दुवै पक्षलाई अधिकतम संयम अपनाउन आग्रह गरेका हुन् ।

राष्ट्रसंघका महासचिव गुटेरेसका सहप्रवक्ता एरी कोनेकोले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘लाइन अफ कन्ट्रोलमा भएका हिंसात्मक झडप र मृत्युका खबरप्रति हामी चिन्तित छौं । भारत तथा चीनलाई अधिकतम संयमता अपनाउन आग्रह गर्दछौं । हामी दुबै देशहरूले यस परिस्थितिलाई डिस्कालेट गर्न प्रतिवेदनमा आएको सकारात्मक प्रतिवेदनलाई लिन्छौं ।’

उनले भारतीय सेना क्षेत्रीय अखण्डता र सार्वभौमिकताको रक्षा गर्न दृढ प्रतिबद्ध रहेको बताएका छन् ।

पूर्वी लद्दाखको गल्वान भ्यालीमा सोमबार राती चिनियाँ सेनासंगको हिंसात्मक झडपमा भारतीय सेनाका २० जना सैनिक मारिएको बताइएको छ । त्यस्तै चीनतर्फ ४० जनाभन्दा बढी हताहती भएको भारतले दाबी गरेको छ । यसबारे आधिकारिक पुष्टी हुन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement