कोलम्बिया कोपा अमेरिका २०२१ को तेस्रो स्थानमा


एजेन्सी – कोपा अमेरिका २०२१ मा कोलम्बियाले तेस्रो स्थान हासिल गरेको छ । शनिबार बिहान ब्रासिलियामा भएको खेलमा पेरूलाई ३–२ हराएकाे हो । कोलम्बियालाई जित दिलाउन जुवान क्वाड्राडोले थप एक गोल गरेका थिए ।

प्रतिस्पर्धात्मक खेलको पहिलो हाफमा पेरुले १–० को अग्रता लिएको थियो । पहिलो हाफको अन्तिम मिनेटमा योशिमर योटुनले गरेको गोलसँगै पेरूले अग्रता लियो । दोस्रो हाफको सुरुआतदेखि नै आक्रामक बनेको कोलम्बियाका लागि ४९औं मिनेटमा क्वाड्राडोले बराबरी गोल फर्काएका थिए ।

डियाजले ६६औं मिनेटमा गरेको गोलसँगै खेलमा पहिलो पटक कोलम्बियाले अग्रता लिएको थियो । २४ मिनेटको खेल बाँकी रहँदा २–१ गोलले पछि परेको पेरूका लागि ८२औं मिनेटमा जियानलुका लापाडुलालले बराबरी गोल फर्काएका थिए ।

प्रतिस्पर्धात्मक खेलको इन्जुरी समयमा डियाजले व्यक्तिगत दोस्रो गोल गर्दै कोलम्बियाका लागि ३–२ गोलको जित सुनिश्चित गरे । सन् २००१ मा च्याम्पियन बनेको कोलम्बियाले चौथो पटक तेस्रो स्थान हासिल गरेको हो ।

प्रतिक्रिया दिनुहोस
Advertisement