बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी, प्रधानमन्त्रीको भारत भ्रमणको एजेण्डा अनुमोदन हुने

बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी, प्रधानमन्त्रीको भारत भ्रमणको एजेण्डा अनुमोदन हुने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डौं – प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकमा प्रधानमन्त्रीको भारत भ्रमण, संघीय संसदमा प्रधानमन्त्रीले गर्न लागेको सम्बोधन लगायतका विषयमा छलफल चलिरहेको छ ।

बैठकले प्रधानमन्त्रीको भारत भ्रमणका एजेण्डा अनुमोदन गर्ने प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए ।प्रधानमन्त्री केपी ओलीले २३ चैतदेखि आफूले गर्न लागेको भारतको तीनदिने राजकीय भ्रमणको विषयमा म‍‌‌गलबार संघीय संसद्लाई जानकारी गराउँदै छन्।

दिउँसो १ बजे बस्ने प्रतिनिधिसभा र अपराह्न ४ बजे बस्ने राष्ट्रिय सभाको वैठकलाई प्रधानमन्त्री ओलीले आफ्नो भारत भ्रमणबारे जानकारी गराउन लागेका हुन्।  बैठकले जारी अधिवेशन अन्त्यको प्रस्ताव राष्ट्रपतिलाई पठाउने निर्णय पनि गर्ने तयारी छ ।