फेसबुको लाइभ स्ट्रिमिङ फिचरमा कडाइ


काठमाडौं – फेसबुकले आफ्नो लाइभ स्ट्रिमिङ फिचरलाई आजैदेखि कडाइ गर्ने भएको छ ।

फेसबुकले बुधबार एक वक्तव्य जारी गरी आफू नयाँ ‘वन स्ट्राइक’ नीतिमा गएको जनाएको हो । जस अन्तर्गतका फेसबुकको नियम अनुसार नचल्नेलाई अस्थायी रुपमा पहुँच अस्वीकार गरिनेछ । त्यो नीतिले कस्ता खालका गतिविधिलाई रोक्ने भन्ने प्रष्ट गरेको छैन ।

न्यूजिल्यान्डमा केहीअघि क्राइस्ट चर्चमा भएको गोलीकाण्डको लाइभ गरिएपछि फेसबुकको लाइभ प्रसारणबारेमा विश्वव्यापी रुपमा आलोचना भएको थियो ।

‘‘लाइभलाई दुरुपयोग गरेको पाइयो र त्यो दुरुपयोगलाई हामीले रोक्न खोजेको हो,’ फेसबुकको वक्तव्यमा उल्लेख गरिएको छ । कम्पनीका अनुसार त्यस खालको अवरोध आगामी केही सातासम्म रहनेछ ।

न्यूजिल्यान्डमा ५१ जनाको मृत्यु हुनेगरी भएको गोलीकाण्डको १७ मिनेट लामो भिडियो सार्वजनिक भएपछि फेसबुकको सर्वत्र आलोचना भएको थियो ।

प्रतिक्रिया दिनुहोस
Advertisement