परिवारै मिलेर ६ सय व्यक्तिको ६ करोड ठगी : ठगी गर्नेहरू अमेरिका र पोल्यान्डमा


काठमाडौं- ललितपुरको ग्वार्कोस्थित एक भवनमा मेनपावर कम्पनी, सहकारी र एजुकेसन कन्सल्टेन्सीको कार्यालय छ । तीनवटै कार्यालय एकै परिवारको हो । तीन कार्यालयबाट सो परिवारले नाटकीय शैलीमा ६ सयभन्दा धेरै व्यक्तिसँग करिब ६ करोड ठगेको छ । दीपक तामाङ र उनकी श्रीमती विमला तामाङले अन्य व्यक्तिसँग मिली तीन कम्पनी खोलेर पोल्यान्ड पठाइदिने आश्वासनमा ठगी गरेका हुन् ।

तामाङदम्पतीले दृष्मा ओभरसिज, नबिल बचत तथा सहकारी संस्था र नाल एजुकेसन कन्सल्टेन्सी खोलेर ठगी गरेको महानगरीय प्रहरी परिसर ललितपुरका प्रमुख एसएसपी रवीन्द्रसिंह धानुकले बताए । ‘हामीकहाँ ती कम्पनीबाट पीडित ६ सय ९ जनाले पाँच करोड ४३ लाख ठगिएको उजुरी दिएका छन्,’ एसएसपी धानुकले भने, ‘हामीले विस्तृत अनुसन्धान गरी १४ जनाविरुद्ध मुद्दा दायर गरेका छौँ ।’

प्रहरीले दृष्मा ओभरसिजका सञ्चालक अरुणकुमार महतो र नबिल बचत तथा ऋण सहकारी संस्थाका उपाध्यक्ष तथा दृष्मा ओभरसिजका सञ्चालक हरिबहादुर लामालाई पक्राउ गरी मुद्दा दायर गरेको थियो । उनीहरू दुवै मंगलबार पुर्पक्षका लागि कारागार चलान भएका छन् । अन्य १२ जनालाई फरार अभियुक्तका रूपमा मुद्दा दायर गरिएको छ । यो समाचार आजको नयांपत्रिका दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement