खाडीमा रोजगारीका लागि पैसा बुझाएका महिला होटेलमा बन्धक !


काठमाडौं – दिल्ली महिला आयोगकी अध्यक्ष स्वाति मालिवालका साथमा नेपाली चेली । उद्धार गरिएका ६८ मध्ये १६ जनालाई काठमाडौं ल्याएर आफन्तको जिम्मा लगाईयो । ३६ जनालाई शनिवार दिल्लीबाट भैरहवातर्फ पठाईएको छ । बाँकी १६ जना मंगलबार दिल्लीबाट आउँदै छन् ।

नयाँदिल्लीबाट गतसाता उद्धार गरिएका ६८ नेपाली महिलालाई गैरकानुनी रूपमा अरब मुलुक पठाउन खोजिएको पुष्टि भएको छ ।गरिएका ७१ नेपाली महिलामध्ये ६८ जनालाई दिल्ली हुँदै अरब पठाउन लागिएको पुष्टि भएको हो । उनीहरूमध्ये १६ जनालाई मंगलबार काठमाडौं ल्याइएको छ, ३६ जनालाई शनिबार साँझ दिल्लीबाट भैरहवातर्फ ल्याइएको छ । बाँकी १६ जनालाई मंगलबार मात्रै दिल्लीबाट नेपाल फर्काउने तयारी छ ।

नयाँदिल्लीस्थित नेपाली दूतावासका प्रवक्ता हरिप्रसाद ओडारीले दिल्ली महिला आयोग र दिल्ली प्रहरीको समन्वयमा तीन स्थानमा छापा मार्दा ७१ नेपाली महिला भेटिएको बताए ।

उनका अनुसार १४ साउनमा दक्षिण दिल्लीको मुनिरकामा १६, १५ साउनमा मैदानगढीमा १६ र १६ साउनमा पहाडगन्जमा ३९ युवती भेटिएका थिए । पहाडगन्जमा सुरुमा ५२ जना महिला भेटिएका थिए ।,यो खबर आजको नयाँ पत्रिकामा छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement