गुलाब मिष्ठान्नमा लागेको आगो नियन्त्रणमा


काठमाडौं- काठमाडौंको सुनधारास्थित गुलाब मिठाई पसल रहेको भवनमा लागेको आगो अहिले नियन्त्रणमा आएको छ । बुधबार साँझ लागेको आगलागीमा २० भन्दा बढीको उद्दार भएको प्रहरीले जनाएको छ । उद्दार गरिएको मध्ये एक जना घाइतेको वीर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

आगोलाई बारुदयन्त्रका कर्मचारी, सेना र प्रहरीले नियन्त्रणमा लिएका हुन् । आगो कसरी लाग्यो भन्ने विषयमा भने अहिलेसम्म केही जानकारी आएको छैन ।

प्रतिक्रिया दिनुहोस
Advertisement