सशस्त्रमा आईजी खनालको मनोमानी


सशस्त्र प्रहरी बलका आईजी शैलेन्द्र खनालको कार्यशैलीप्रति संगठनभित्र असन्तुष्टि बढ्न थालेको छ। सरुवा–बढुवा एवं गृहमा उनले गरेका सिफारिसप्रति संगठनका सदस्यले असन्तुष्टी व्यक्त गरेका हुन्। उनले बढुवामा वरीयता मिचेको आरोप छ।

उनले एसपीमा बढुवा गर्दा १३ औं नम्बरका रेशमकुमार थक्सु, १६ औं नम्बरका डीएसपी प्रेमध्वज शाह र ९ नम्बरका गाहारधन राईलाई क्रमशः एक, दुई र तीन नम्बरमा ल्याएको आरोप छ।

हाइटी शान्ति मिसनमा रहेका बेला गणपति तालिमको प्रमाणपत्र लिएपछि विवादमा मुछिएका डीएसपी हुन् राई। तीनमहिने तालिममा जम्मा एक महिना मात्र तालिम लिएर राई मिसनमा गए पनि तालिमको पूरै अवधि जोडेर प्रमाणपत्र दिइएको चर्चा सशस्त्र मुख्यालयमा छ। वरीयतामा २९ औं नम्बरका सुरेशकुमार श्रेष्ठ, र ३६ औं नम्बरका दीपेन्द्र शाहलाई क्रमशः पाँच र ६ नम्बरमा बढुवा गरेपछि वरिष्ठतामा अघि रहेका डीएसपी आइएजी खनालसँग असन्तुष्ट भएकाे खबर अाजकाने अन्नपुर्णपाेस्टमा सुवास गाेतामेले लेखेका छन् ।।

केही दिनअघि मात्र आईजी खनालले प्रशासनलाई जानकारी नै नदिई डीएसपी र इन्स्पेक्टरलाई क्षेत्रमा काज खटाउने पत्र आफ्नै सचिवालयमा तयार पारे र लिएर गृह मन्त्रालय पुगे। सशस्त्रको नियमावलीअनुसार डीएसपी र इन्स्पेक्टरको काज सरुवा गर्न पाउने अधिकार आईजीलाई नै दिएको छ। उनले आफ्नो अधिकारक्षेत्रभित्र रहेको काज सरुवा गर्न मन्त्रालयको स्वीकृति लिन खोज्नुलाई संगठनका वरिष्ठ अधिकारीहरूले अनौठो मानेका छन्। उनले लेखा र कानुनका अधिकृतलाई बोलाएर आफ्नो कार्यकालभर उनीहरू कसैको बढुवा नगर्ने चेतावनी दिएको बताइन्छ।

प्रतिक्रिया दिनुहोस
Advertisement