लगानी सम्मेलनमा ३१ खर्बका परियोजना

लगानी सम्मेलनमा ३१ खर्बका परियोजना

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं –  सरकारले लगानी सम्मेलनमा सार्वजनिक–निजी साझेदारीका ५० परियोजनामा लगानी आह्वान गर्ने भएको छ। लगानी बोर्डले आइतबार लगानी आह्वानका लागि प्रदर्शनीमा राखिने आयोजनाको टुंगो लगाएको छ।

निजी क्षेत्रका तर्फबाट २३ आयोजनामा साझेदार लगानीकर्तालाई आमन्त्रण गरिने भएको छ। शुक्रबार र शनिबार आयोजना हुने लगानी सम्मेलनमा ४० देशबाट ६ सय ५० विदेशी लगानीकर्ता तथा तिनका प्रतिनिधिले सहभागिता जनाउने छन्।

लगानी बोर्डका प्रवक्ता बलराम रिजालले लगानी सम्मेलनकै क्रममा लगानीकर्तासँग छलफल भइ द्विपक्षीय सहमति पत्रमा हस्ताक्षर समेत हुनसक्ने बताए। लगानी बोर्डले लगानी सम्मेलनका क्रममा प्रस्तुत हुने परियोजनाको कुल लागत ३१ खर्ब रुपैयाँको हाराहारीमा रहेको जनाएको छ।

लगानी सम्मेलनका लागि निजी–सार्वजनिक साझेदारीका लागि प्रस्ताव गरिएका परियोजनाहरू कृषि पूर्वाधार, शिक्षा र स्वास्थ्य, उर्जा, औद्योगिक पूर्वाधार, पर्यटन, यातायात, सहरी विकाससँग सम्बद्ध छन्।

भौतिक पूर्वाधारका मेरुदण्ड मानिने ऊर्जा र यातायात क्षेत्रका परियोजनाका साथै अन्य महत्वपूर्ण परियोजनामध्ये सार्वजनिक–निजी साझेदारीमा सञ्चालन गर्न प्रस्ताव गरिएको परियोजनाको लागत साढे २८ खर्ब र निजी क्षेत्रका परियोजनाको लागत साढे दुई खर्ब रुपैयाँ हाराहरीमा छ। आजको अन्नपूर्ण पोष्टमा समाचार छ ।