पत्रपत्रिका

कमला नदी दोहन : मेयरको टिपर, वडाध्यक्षको एक्साभेटर

सिरहा – अव्यवस्थित र अनियन्त्रित रुपमा गिटी, बालुवा, ढुंगा झिक्दा कमला नदी संकटमा परेको छ। जनप्रतिनिधि र सुरक्षा अधिकारीको मिलेमतोमा नदी दोहन बढेको हो। धनुषाको गणेशमान चारनाथ नगरपालिकाले कमला नदीको बहाव फर्काउने बहाना बनाएर खुलमखुला एक्साभेटर र डोजर लगाई दोहन तीव्र पारेको हो।

dish home

नदीवरपर सञ्चालित ढुंगारोडा उद्योगले नगरपालिका, जिल्ला समन्वय समिति र स्थानीय प्रशासनसँग गोप्य छलफल गरी कमला नदीमा एक्साभेटरमार्फत उत्खनन तीव्र बनाएका हुन्। जिल्ला समन्वय समिति धनुषाले २०७५ फागुन ३० मा गणेशमान चारनाथ नगरपालिकालाई पठाएको पत्रमा उल्लेख छ, ‘यस नगरपालिकाबाट २०७५ माघ ८ गते ९च.नं. ७७२० प्राप्त पत्रमा कमला नदीको बीचभागमा पानीको बहाव फर्काउन जेसिबी ९एक्साभेटर० प्रयोगका लागि माग भएको जानकारी प्राप्त भयो।

कमला नदीको पुलका पिलर बिग्रिने अवस्थामा पुगेको नगरपालिकाले पठाएको पत्रमा उल्लेख रहेकाले नगरपालिकाका प्रतिनिधिको रोहबरमा सर्वप्रथम पिलरमा माटो हाली मापदण्डभित्र रही कमला नदीको बीच भागमा पानीको बहाव फर्काउन जेसिबी ९एक्साभेटर० प्रयोग गरी बालुवा उत्खनन गर्नू।’ पत्रमा जिल्ला समन्वय समिति धनुषाका प्रमुख रामदेव बनरैत यादवले हस्ताक्षर गरेका छन्।

समन्वय समितिको यसै पत्रलाई आधार बनाएर गणेशमान चारनाथ नगरपालिकाले कमला नदीमा एक्साभेटर र लोडरमार्फत उत्खनन गर्न छुट दिएको हो। नगर प्रमुख रामबाबु यादवले कमलामा भइरहेको दोहन जनहितमा भएको दाबी गरे। उनले नागरिकसँग भने, ‘नियम कमला नदीमा मात्र लाग्ने हो कि अन्य नदीखोलामा पनि लाग्छ रु महोत्तरीको रातु नदीमा दर्जनौं एक्साभेटर र लोडरले उत्खनन गर्दा गैरकानुनी नठहरिने तर कमलामा दुईचारवटा एक्साभेटरले उत्खनन गर्दा हंगामा हुने रु’

नदी दोहनमा गणेशमान चारनाथ नगरपालिकाका मेयर रामबाबु साहले टिपर र वडा नम्बर २ का अध्यक्ष गणेशकुमार सिंहले एक्साभेटर सञ्चालन गरेको पाइएको छ। उत्खनन भइरहेको स्थान नगरपालिकाको वडानम्बर ८ मा पर्छ। सो वडाका वडाध्यक्ष गणेशकुमार सिंहका अनुसार कमलामा एक्साभेटर प्रवेश रोक्न गरेको प्रयास सफल भएन। जति गरे पनि नसकपछि चुप लागेर बसेको सिंहले बताए।

यो नदीमा पहिलो पटक एक्साभेटरले नदीजन्य पदार्थ खनेको देख्ने प्रशस्त छन्। त्यसैमध्येका एक हुन् दोरिक पासवान। उनी भन्छन्, ‘प्रहरी, प्रशासन र जनप्रतिनिधिकै मिलेमतोमा ढुंगा, गिटी, बालुवा उत्खनन तीव्र बनेको छ। मान्छेले निश्चिम परिणाममा गिटी बालुवा निकाल्नुपर्नेमा नदीको बीचभागमा डोजर पु‍¥याएर दिनरात अनियन्त्रित दोहन भइरहेको छ।’ सरकारी मिलेमतोमा मात्रै यसरी दोहन सम्भव हुने उनले बताए। एक्साभेटर लगाएर नदी खन्न थालिएपछि किनाराका किनाराका बस्ती र जलचरसमेत संकटमा परेका छन्। यो समाचार आजको नागरिक दैनिकमा छ ।

Comments

comments

Now Get KathmanduPati App on your mobiles.

Android App iOS App
ad

धेरै पढिएको समाचार

Vianet
NEA
Yeti Airlines
Kumari Bank
Shikhar Insurance
Muktinath Development Bank
Nepal Vidhyapith

Now get KathmanduPati App on your mobiles.

Android App iOS App
Scroll to Top