कोशी प्रदेश सभाका विषयगत समितिका सभापतिहरू निर्विरोध निर्वाचित

कोशी प्रदेश सभाका विषयगत समितिका सभापतिहरू निर्विरोध निर्वाचित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

विराटनगर – कोशी प्रदेश सभाका विषयगत समितिका सभापतिहरू निर्विरोध निर्वाचित भएका छन् ।
विषयगत समितिका सभापतिहरूको निर्वाचन तालिकाअनुसार बिहीबार मनोनयन दर्ता र शुक्रबार निर्वाचन हुने जानकारी गराइएको थियो ।
तालिकाअनुसार न्याय, प्रशासन तथा विधायन समितिमा कमला दर्नाल, सुशासन तथा योजना समितिमा खगेश्वरी पौड्याल, अर्थ समितिमा विनोद राई, सार्वजनिक लेखा समितिमा राजन किराँती, सामाजिक विकास समितिमा गयानन्द मण्डल गनगाईं, उद्योग, पर्यटन तथा वातावरण समितिमा रामदेव यादव र प्राकृतिक स्रोत तथा पूर्वाधार विकास समितिमा होमबहादुर थापाले बिहीबार मनोनयन दर्ता गराएका थिए ।
प्रत्येक समितिमा १/१ जनाले मात्र मनोनय दर्ता गरेकाले उनीहरू निर्विरोध निर्वाचित भएका कोशी प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीले जानकारी दिए ।
समितिका सभापतिहरूमा नेकपा एमाले र नेपाली कांग्रेसका ३/३ जना र नेकपा माओवादी केन्द्रका १ जना निर्विरोध निर्वाचित भएका छन् ।