भदौ २३ मा आउने भयो कृष्ण आचार्यको उपन्यास अप्रिल फुल


काठमाडौं- लेखक एवं पत्रकार कृष्ण आचार्यको उपन्यास ‘अप्रिल फुल’ अन्ततः भादौमा नै बजारमा आउने भएको छ ।प्रकाशन हुनुअघि नै चर्चामा रहेको उपन्यास भदौ २३ गते विमोचन गर्ने तयारी रहेको लेखक आचार्यले जानकारी दिए ।

युवा प्रेमलाई केन्द्रमा राखेर तयार पारिएको उपन्यासले वर्तमान युवा पुस्ताको मन–मस्तिष्क बोलेको लेखकको दाबी छ । उनी भन्छन्, ‘आख्यान भए पनि वर्तमान अवस्थामा समाज वरपर रहेको घटनाक्रमलाई उपन्यासमा उठान गरिएको छ ।

पढ्दा सबैले आफूले भोगेका र देख्दै आएका कुरालाई महसुस गर्नेछन् ।’ छोराछोरीको इच्छा, चाहना, आवश्यकता र मनोविज्ञान बुझ्न बाबु–आमाका लागि पनि उपन्यास पठनीय रहेको लेखकले बताए ।

एक दशकदेखि पत्रकारिता गर्दै आएका लेखक आचार्यले विभिन्न संचार माध्यममा कथाहरु लेख्दै आएका छन् । आचार्य हाल नयाँ पत्रिका दैनिकमा उप–सम्पादकको रुपमा कार्यरत छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement