भगिराजको ‘लिम्बु जातिको ईतिहास’ को बिमोचन


काठमाडौं – पुर्व प्रमुख जिल्ला अधिकारी भगिराज इङनामको ‘लिम्बु जातिको इतिहास’ पुस्तक बिमोचन गरिएको छ ।
किरांत याक्थुम चुम्लुङको ३० औं बार्षिकोत्सवको अवसरमा सो पुस्तकको बिमोचन नेपाल प्रज्ञा प्रतिष्ठानको कुलपति बैरागी काईलाले बिमोचन गरेका हुन् ।

ललितपुरस्थित चुम्लुङ भवनमा आयोजित विशेष समारोहमा आयोजित विशेष समारोहमा अन्वेषक इङनामले लेखेको उक्त पुस्तकमा बलदिप प्रभाकर राईले टिप्पणी गरेका छन् । ‘नवपाषण युगमा नै किराँतहरु गुफाहरु छाडेर घरमा बस्न थालेको यो पुस्तकले मानव शाष्त्रीय दृष्टीकोणहरु देखाएको छ,’ राईले भने, ‘मानव इतिहासमा नै पहिलो घर बनाउने पाईजावाले बनाएको देखिन्छ, जुन अहिलेको इखाबु गाविसमा पर्छ, यस्तो दृष्टीकोण पुस्तकमा देखाईएको छ ।’ उनका अनुसार लिम्बु जातीको इतिहासलाई मानवशाष्त्रीय दृष्टीकोणमार्फत उत्खनन गरेकाले भरपर्दो सन्दर्भ सामग्री हुने देखिन्छ ।

प्राज्ञ बैरागीले लिम्बु जातिका वारेमा एकमुष्ठ बुझनका लागि इङनामको पुस्तक उपयुक्त हुने निष्कर्ष सुनाएका छन । ‘पुस्तकले लिम्बु जातिका वारेमा पर्याप्त प्रमाणसहित बुझनलाई सहयोग पु¥याएको छ, सो पुस्तकले नेपालको लिम्बुहरुको ऐतिहासिक अवस्था र योगदानको बारेमा बुझन सहयोग हुनेछ ।’ लिम्बुका वारेमा सबैभन्दा बढी सन्दर्भ सामाग्रीसहित आएकाले अन्य पुस्तकको तुलनामा इङमाङको पुस्तक आधिकारिक हुने दावी बैरागीले गरेका छन ।

साथै, याक्थुक चुम्लुङको केन्द्रीय कार्यालय, ललितपुरमा ३० औं बार्षिकोत्सवको अवसरमा लिम्बु र किराँतका वारे उल्लेखित पुस्तकको विक्री तथा प्रदर्शनी राखिएको छ । भदौं १५ देखी सुुरु भएको सो प्रदर्शनी १७ गते सम्पन्न हुनेछ ।

प्रतिक्रिया दिनुहोस
Advertisement