स्थानीय तहमा कति कर्मचारी आवश्यक ?


काठमाडौं – संघीय मामिला तथा तथा सामान्य प्रशासन मन्त्रालयले ७५३ स्थानीय तहमा अपुग कर्मचारीको विवरण माग गरेको छ। मन्त्रालयले देशभरका स्थानीय तहलाई पत्राचार गर्दै विवरण मागेको हो। कर्मचारी समायोजन अन्तिम चरणमा पुगिसक्दा पनि स्थानीय तहमा कर्मचारी अभाव भएको अवस्थालाई मध्यनजर गर्दै मन्त्रालयले विवरण माग गरेको हो।

स्थानीय तहको सेवा सञ्चालनका लागि बाँकी रिक्त पदहरूमा शीघ्र पदपूर्ति गर्नुपर्ने अवस्था रहेको भन्दै पदको विवरणसहित माग फाराम पठाउन स्थानीय तहलाई परिपत्र जारी गरेको छ। प्रदेश लोकसेवा आयोग गठन नभएसम्म स्थानीय तहहरूमा पदपूर्ति गर्न सम्बन्धित स्थानीय तहले मन्त्रालयमार्फत लोकसेवा आयोगमा माग पठाउनुपर्ने कर्मचारी समायोजन–२०७५ मा व्यवस्था छ। सोही प्रावधानअनुसार कर्मचारी माग गरिएको मन्त्रालयले जनाएको छ। यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement