धेरै काम गर्ने अपेक्षा गरिएको सरकारले पनि काम गर्न सक्दैन :माधव नेपाल


काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का विदेश विभाग प्रमुख तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले देश विकासका लागि सबै एकजुट हुनुपर्ने बताएका छन्।

शनिबार काठमाडौँमा भएको एक कार्यक्रममा बोल्दै उनले देश विकासका लागि नागरिक, संघसंस्था र सरकार एक साथ जुट्नुपर्नेमा जोड दिए। कहिलेकाहीँ धेरै काम गर्ने अपेक्षा गरिएको सरकारले पनि काम गर्न नसक्ने भन्दै उनले लामो अनुसन्धान र तयारीबिनै कतिपय काम गरिएकोमा चिन्ता व्यक्त गरे।

काठमाडौंको विकास निर्माणको सन्दर्भमा उनले समयमा सम्पन्न गर्न र धुलोहिलो हटाउन स्थानीय स्तरबाट पनि काम गरिनुपर्ने धारणा राखे। कार्यक्रममा नेपालले सथानीय जनताले आफूले गर्न सक्ने काम पनि सरकार आऊला र गरिदेला भनेर नकुर्न आग्रह गरे।

प्रतिक्रिया दिनुहोस
Advertisement