नेपाली र अमेरिकी सेनाबीच पहिलो पटक ल्यान्ड फोर्स टक


काठमाडौं– नेपाली र अमेरिकी सेनाबीच पहिलो पटक स्थलसेना अन्तक्र्रिया (ल्यान्ड फोर्स टक) काठमाडौंस्थित जंगीअड्डामा सुरु भएको छ।

अमेरिकी सेनाको प्यासिफिक कमान्डको टोलीको नेतृत्व गर्दै नेपाल आएका मेजर जनरल रोजर जे नोबल र नेपाली सेनाका उपरथी जगदीशचन्द्र पोखरेल बीचको टोलीबीच ल्यान्ड फोर्स टक  सुरु भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।

जनरल रोजरले बुधबार नै नेपाली सेनाका कामु प्रधानसेनापति पूर्णचन्द्र थापासँग भेट गरेका छन्।

बिहीबारसम्म चल्ने ल्यान्ड फोर्स टकमा नेपाली सेनाको १९ र अमेरिकी सेनाको १७ गरी ३६ जना रथीर अधिकृतहरुको सहभागिता रहेको छ ।

अन्तरक्रिया संयुक्त सैनिक मार्ग निर्देशन, सैनिक कार्य प्राथमिकता, विपद् व्यवस्थापन तथा विभिन्न सैनिक तालिम एवं गतिविधि सम्बन्धी विषयहरुमा केन्द्रित रहने नेपाली सेनाले जनाएको छ।

भ्रमणदलका प्रमुखलाई नेपाली सैनिक कमाण्ड तथा स्टाफ कलेज र उपत्यका पृतना हेर्डक्वार्टरको भ्रमण गराइनेछ।

प्रतिक्रिया दिनुहोस
Advertisement