१५.४८ अंकको सुधारसँगै नेप्से सूचक ०.५२ प्रतिशत बढ्यो, तीन समूहको परिसूचकमा कमी


काठमाडौं – बिहीवार नेप्से परिसूचक शून्य दशमलव ५२ प्रतिशत बढेको छ । ३ घण्टाको व्यापारमा परिसूचक ६ दशमलव २२ अङ्कले बढेर १ हजार २ सय ११ दशमलव शून्य ३ विन्दुमा पुगेको छ । यस व्यापार अवधिमा १ सय ५० कम्पनीको ३ हजार २ सय ६४ पटकको व्यापारमा १८ करोड ३२ लाख बराबरको शेयर कारोबार भएको हो । व्यापार, ‘अन्य’ र लघुवित्त समूह बाहेक सबै समूहको परिसूचक बढेपछि समग्र शेयर बजार उकालो लागेको हो ।

बिहीबार कारोबार सुरु भएको ५३ मिनेटसम्ममा १२१७.५३ अंक पुगेको थियो । तर त्यसपछि केही उतारचढाव हुँदै १.२८ प्रतिशतको सुधारसँगै १२२०.२९ कायम भएको छ। बिहीबार ३८ करोड ७१ लाख रुपैयाँको कारोबार भएको छ । ब्यापारसहित अन्य दुई उपसूचक ओरालो लागे पनि अन्य सबै सूचक तथा उपसूचक उकालो लागेका छन्।

सबैभन्दा धेरै मेगा बैंकको ३ करोड ६४ लाख रुपैयाँको कारोबार भएको छ। राधी विद्युत कम्पनीका शेयरधनीले ९.६३ प्रतिशतले कमाएका छन् भने कावेली विकास बैंकका शेयरधनीले ५.५ प्रतिशतले गुमाएका छन् ।

जलविद्युत समूहको परिसूचक १ दशमलव १८ प्रतिशत, बैङ्किङको शून्य दशमलव ८ प्रतिशत र होटलको शून्य दशमलव ६५ प्रतिशत बढेको छ । साथै, वित्त कम्पनी समूहको परिसूचक शून्य दशलमव ४४ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहको शून्य दशमलव ३३ प्रतिशत, विकास बैङ्कको शून्य दशमलव २७ प्रतिशत र बीमाको शून्य दशमलव शून्य ६ प्रतिशत बढेको हो । त्यस्तै, लघुवित्त समूहको परिसूचक शून्य दशमलव २ प्रतिशत, ‘अन्य’ समूहको शून्य दशमलव १४ र व्यापारको शून्य दशमलव शून्य ४ प्रतिशत घटेको हो ।

प्रतिक्रिया दिनुहोस
Advertisement