गौचनको हत्यापछि गृहमन्त्रालयले लियो एक्सन, सुरक्षा थ्रेटमा रहेका निर्माण व्यवसायीलाई अंगरक्षक दिइयाे

गौचनको हत्यापछि गृहमन्त्रालयले लियो एक्सन, सुरक्षा थ्रेटमा रहेका निर्माण व्यवसायीलाई अंगरक्षक दिइयाे

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं– गृहमन्त्रालयले काठमाडौं उपत्यकाभित्रका १० जना निर्माण व्यवसायीका लागि अंगरक्षक खटाउने निर्णय गरेको छ।

 

 

सोमबार मात्र नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्या भएपछि सुरक्षाको विषयलाई लिएर टिकाटिप्पणी भइरहेका बेला गृहले यस्तो निर्णय गरेको हो।

 

गृहमन्त्रायले काठमाडौंका ८ र ललितपुर र भक्तपुरका १/१ व्यवसायीको सुरक्षामा प्रहरी खटाएको हो।

 

 

 सुरक्षा चुनौती (थ्रेट) र आवश्यकता हेरेर व्यवसायीको सुरक्षामा अंगरक्षक परिचालन गरिएको काठमाडौं प्रहरी प्रवक्ता रामदत्त जोशीले जानकारी दिए।

 

 

 

सुरक्षाका लागि अंगरक्षक पाउनेमा निर्माण व्यवसायी जीपछिरिङ लामा, सकुन्तलाल हिराचन, कृष्णप्रसाद गौतम, रामप्रसाद देउजा, रोशन दाहाल, रामजी पन्त (मुकेश) र सूर्यबहादुर खड्का लगायत रहेका छन्।

 

 

 

ललितपुरको सानेपा र भक्तपुरको राधेराधे बस्ने २ व्यवसायीका लागि दुवै जिल्ला प्रहरी कार्यालयबाट एक÷एक जना प्रहरी अंगरक्षकको रूपमा खटिएका छन्।