न्युजिल्याण्ड मस्जिद आक्रमणमा ४० जनाको मृत्यु, २० घाइते


एजेन्सी – न्युजिल्याण्डको क्राइस्टचर्चस्थित एउटा मस्जिदमा आतङ्ककारी समूहले शुक्रबार गराएको विष्फोटमा परी कम्तीमा ४० जनाको ज्यान गएको छ । न्युजिल्याण्डकी प्रधानमन्त्री यासिन्दा अडर्नले जानकारी गराईन् । उनले यो घटनामा एक महिला समेत गरि चार जना पक्राउ परिसकेको जानकारी पनि दिएकी छन् ।

उक्त आक्रमणमा परी २० जना घाइते भएका बताइएको छ । घाइते सबै जनालाई स्थानीय अस्पतालमा लगि उपचार शुरू गरिएको छ । घाइतेमध्ये अधिकांशलाई गम्भीर चोट लागेकोले मृतक सङ्ख्या बढ्न सक्ने बताइएको छ । “यो प्रष्ट भएको छ कि आक्रमण आतङ्ककारी समूहबाट भएको हो,” प्रधानमन्त्री अडर्नले भनिन् । “प्रारम्भिक अनुसन्धानपछि हामीलाई आएको सूचनामा आक्रमण सुव्यवस्थित तथा सुनियोजित रहेका बताइएको छ ।” प्रधानमन्त्रीले घटनास्थलबाट पाएको सूचनालाई उद्धृत गर्दै जानकारी गराइन् ।

प्रधानमन्त्री आर्डर्नले भनेकि छन् ‘क्राइस्टचर्च यी पीडितहरुको घर थियो । धेरैले यहाँ जन्म लिएको नभएपनि न्युजिल्याण्ड उनीहरुको मन पर्ने देश थियो ।’ न्युजिल्याण्डकी प्रधानमन्त्री जैसिन्डा आर्डर्न यसअघि प्रधानमन्त्री आर्डर्नले यो घटना न्युजिल्याण्डको इतिहासको सबैभन्दा कालो दिन रहेको बताएकी थिइन् ।

न्युजिल्यान्डको दुईवटा मस्जिदमा गोलाबारी, २७ जनाको मृत्यु

प्रतिक्रिया दिनुहोस
Advertisement