नोबेल साहित्य पुरस्कार विजेता भिएस नइपालको निधन


काठमाडौं – नोबेल साहित्य पुरस्कार विजेता तथा प्रसिद्ध लेखक भि एस नइपालको निधन भएको छ। बिबिसीले परिवारलाई उद्धृत गर्दै दिएको समाचारमा ८५ वर्षे नइपालको लन्डनस्थित घरमा शनिबार निधन भएको उल्खेल छ।

नइपालको जन्म सन् १९३२ मा क्यारेबियन देश त्रिनिडाडमा भएको थियो। त्रिनिडाड हुर्के बढेका भारतीय मुलका नइपालले अक्सफोर्डमा पढेका थिए।

तीसभन्दा बढी पुस्तक लेखेका नइपालका ‘ए बेन्ड इन द रिभर’ र ‘ए हाउस फर मिस्टर विश्वास’ चर्चित छन्। सन् १९७१ मा बुकर पुरस्कार प्राप्त गरेका नइपालले सन् २००१ मा नोबेल पुरस्कार प्राप्त गरेका थिए।

प्रतिक्रिया दिनुहोस
Advertisement