नेकपाका भातृ संगठनबीच भदौ पहिलो साता एकीकरण हुन्छ : अध्यक्ष दाहाल


पर्सा– नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पाटीका सवै भातृ संगठनबीच भदौ पहिलो साताभित्र एकीकरण हुने बताएका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघको जिल्ला तथा नगरस्तरीय उद्योग वाणिज्य संघको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै केन्द्रदेखि स्थानीय तहसम्म एकीकरण हुने बताएका हुन् ।

भदौ २५ गतेसम्म तलबाट सुझाव मागेको र सोही आधारमा भदौ ५ गतेसम्म पार्टीको स्थानीय तहसम्म एकता भइसक्ने अध्यक्ष दाहालले बताए ।
‘रिक्त संवैधानिक निकायमा पदपूर्ति गर्नेबारे प्रधानमन्त्रीसँग छलफल भएको छ,’ उनले भने, यो विषय हामीले छिट्टै टुंग्याउँछौं ।’संविधानले व्यवस्था गरेअनुसार अरू संवैधानिक आयोग पनि निर्माण गर्नेबारे छलफल भएको पनि उनले बताए । प्रधानमन्त्रीले यसलाई चाँडै नै पूर्णता दिने अध्यक्ष दाहालले दोहोर्याए ।

‘संसदीय समितिमा पर्ने उजुरी र उसले गर्ने सुनुवाई नै मुख्य कुरा हो,’ न्यायालयको नेतृत्व खाली नहुने बताउँदै उनले भने, ‘समितिको व्यवस्था राखेको संसदको सर्वोच्चतालाई स्थापित गर्ने हाम्रो उद्देश्यले छ ।’

प्रतिक्रिया दिनुहोस
Advertisement