प्रत्येक नेपालीमाथि ७ हजार ऋण, प्रतिव्यक्ति ३१ हजार !


काठमाडौंं – प्रत्येक नेपालीको थाप्लोमा राष्ट्रिय ऋणको बोझ बढेको छ । यो बर्षबाट एक नेपालीको थाप्लोमा ३१ हजार सात सय ५० रुपैयाँ ऋण पुगेको छ । महालेखा प्रतिवेदनले नेपालीहरुको ऋणको भार बढेको देखाएको हो । यो गत बर्षभन्दा सात हजारले बढी हो ।

महालेखाले शुक्रबार २०७५-७६ को आर्थिक प्रतिवेदन सार्वजनिक गरेको हो । महालेखाले यो बर्ष ६ हजार ६ सय ४४ निकायको ५१ खर्ब ६० अर्ब, ९२ करोडको लेखा परीक्षण गरेको छ ।

जसमा संघीय सरकारी कार्यालय अन्तर्गत ५.२९ प्रतिशत वेरुजु देखिएको छ भने प्रदेश सरकारी कार्यालय ७।२५ प्रतिशत वेरुजु देखिएको छ । त्यस्तै स्थानीय तहतर्फ ४।२२ र समिति तथा अन्य संस्था ४।०९ प्रतिशत बेरुजु देखिएको महालेखापरीक्षकको ५६ औं बार्षिक प्रतिवेदनमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement