काँडाघारीबाट अपहरित बालकको हत्या, प्रहरी इन्काउन्टरमा अपहरणकारी पनि मारिए !


काठमाडौं -आइतबार रातीे काँडाघारीबाट अपहरणमा परेका ११ वर्षीय वालक निशान खड्का सोमबार दिउँसा १२ बजे हत्या भएको अवस्थामा फेला परेका छन् । ठिमी नगरपालिकास्थित एक घरभित्र हत्या गरिएको अवस्थामा उनको शव भेटिएको हो ।

अपहरणकारीले बालकलाई लामो समयसम्म मुखमा टेप टाँसेर राखेका कारण निसास्सिए उनको मृत्यु भएको अनुमान गरीएको छ । अपहरणकारीले वालकको घाँटी थिचेर हत्या गरेकोे प्रहरीले दावी गरेको छ ।

बालकको खोजीमा लागेको महानगरीय प्रहरी अपराध महाशाखाको टोलीमाथि अपहरणकारीले आक्रमण गरेपछि भएको जवाफी कारबाहीमा उनीहरुको पनि मृत्यु भएको महाशाखाले जानकारी दिएको छ । प्रहरीका अनुसार मृत्यु हुने अपहरणकारीम गोपाल तामाङ र अजय तामाङ हुन् । मृतकको सनाखत भएको छैन ।

अपहरणकारीले खड्काको परिवारसँग ३० लाख रूपैयाँ फिरौती मागेको महाशाखाका प्रमुख एसएसपी धिरजप्रताप सिंहले बताए । प्रहरीले घटनास्थलबाट एउटा पेस्तोल त्यसमा लाग्ने गोली र बालकको परिवारलाई धम्क्याउन प्रयोग भएको मोबाइल बरामद भएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement