प्रधानमन्त्री अोलीले भनेः ‘आरक्षण केही समयलाई हो, पछिलाई काम लाग्दैन’


काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले महिलालाई आरक्षण केही समयलाई भएको र पछि काम नलाग्ने बताएका छन् । उनले महिलालाई संरक्षणमा भन्दा क्षमता र प्रतिस्पर्धामा विश्वास गर्न आग्रह पनि गरेका छन्  ।

राष्ट्रिय महिला उद्यमी महासंघले बिहीबार ललितपुरको सानेपामा गरेको तेस्रो अन्तराष्ट्रिय महिला उद्यमी व्यापार मेला २०७४ को उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले भने, ‘आरक्षण केही समयलाई हो। पछिलाई काम लाग्दैन।’

उनले पहिला महिलाले ३३ प्रतिशत आरक्षण मागेकोमा अहिले ४१ प्रतिशत पुगेको र अब छिट्टै ५० प्रतिशत पुग्ने बताए ।

प्रधानमन्त्री ओलीले अखिल नेपाल महिला संघको अगुवाइमा दशक अघि सुरु भएको ३३ प्रतिशत आरक्षणको उपलब्धी अहिले ४१ प्रतिशतमा पुगेको  बताउँदै महिलाहरुको आर्थिक सवलीकरण नभएसम्म प्रतिस्पर्धी क्षमता विस्तारमा केही कठिनाइ हुने भएको बताए ।

प्रधानमन्त्री ओलीले घरेलु उद्यम मार्फत महिलालाई आर्थिक रुपमा शसक्त बनाउन सकिने र उनीहरुले निर्यातजन्य वस्तुको उत्पादन गर्ने सके आर्थिक स्तर उकासिन धेरै समय नलाग्ने जिकिर गरे ।

प्रतिक्रिया दिनुहोस
Advertisement