प्रदेश २ का जिल्लामा सीडीओसँगै ‘प्रदेश प्रशासन अधिकारी’

प्रदेश २ का जिल्लामा सीडीओसँगै ‘प्रदेश प्रशासन अधिकारी’


जनकपुरधाम – प्रदेश २ सरकारले प्रदेशभरका जिल्लामा प्रशासन कार्यालय स्थापना गर्न ऐन ल्याउन लागेको छ। प्रदेश प्रशासन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक ‘प्रदेश प्रशासन ऐन, २०७५’ आउँदो प्रदेशसभा बैठकमा पेश गर्न लागिएको छ।

प्रदेशभित्र शान्ति सुव्यवस्था कायम राख्न, जनताको सुविधा र सुशासन कायम राख्न भन्दै प्रदेश प्रशासनसम्बन्धी कानुन बनाउन वाञ्छनीय रहेको विधेयकमा उल्लेख छ। नेपालको संविधानबमोजिम प्रदेश २ को सभाले यो विधेयक तयार पारेको हो।

प्रदेश सरकारले राजपत्रमा सूचना प्रकाशन गरेको मितिले ऐन लागु हुने छ। ऐनले प्रदेश २ का आठवटै जिल्लामा ‘प्रदेश प्रशासन अधिकारी’ तोक्ने उल्लेख छ। प्रदेश प्रशासन कार्यालयमा सरकारले प्रदेश निजामती सेवाको राजपत्रांकित प्रथम रुेणीका एक प्रशासक नियुक्त गर्ने ऐनमा जनाइएको छ। यो समाचार अन्नपूर्ण पोस्ट दैनिकमा छ ।