रामप्रसाद राईलाई राष्ट्रिय विभुती घोषणा गर्न माग गर्दै सरकारलार्ई ज्ञापनपत्र


काठमाडौं– जननायक रामप्रसाद राईलाई राष्ट्रिय विभुती घोषणा गर्न माग गर्दै उपराण्ट्रपति नन्दवहादुर पुन र प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाइएको छ । जननायक रामप्रसाद राईलाई राष्ट्रिय विभुती घोषणा गर्न माग गर्दै रामप्रसाद राई फाउण्डेशन नेपाल र रामप्रसाद राई स्मृती प्रतिष्ठानको संयुक्त पहलमा विज्ञहरुको टोलीसहितले उपराष्ट्रपति पुन र प्रधानमन्त्री ओलीलाई ज्ञापनपत्र बुझाएको हो ।

टोलीमा जननायक रामप्रसाद राई फाउण्डेशन नेपाल अध्यक्ष शूस्मा राई र प्रतिष्ठान अध्यक्ष तारा राईले संयुक्त रुपमा प्रधानमन्त्री ओलीलाई ज्ञापनपत्र बुझाउनुभयो । ज्ञापनपत्र बुझदै उपराण्ट्रपति पुन जननायक रामप्रसाद राई सरकार भुल्न नहुने बताउनुभयो । उहाँले भन्नुभयो जननायक रामप्रसाद राई परिर्वतन देशको परिर्वतनको लागी लडेका विर योद्धालाई सरकारले सम्मान गर्छ सबै प्रकृया मिलाएर छिट्टै जननायक रामप्रसाद राईलाई राष्ट्रिय विभुती घोषणा गर्न महल कदमी चल्ने प्रतिवद्धता जनाएका छन् ।

प्रधानमन्त्री ओलीले जननायक रामप्रसाद राईका विषयमा आवश्यक सरसल्लाह गरेर विवादरहित निर्णय गर्ने बताउनुभयो ।
यसअघि तत्कालिन प्रधानमन्त्री पुष्प कमल दाहाल (प्रचण्ड ) लाई फाउण्डेशनले ज्ञापनपत्र बुझाएको थियो । ज्ञापनपत्र बुझाएपछि तत्कालीन दाहाल प्रधानमन्त्री हुँदा मन्त्रीपरिषदमा लगिए निर्णय हुन सकेको थिएन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement