बलात्कारीलाई कारबाहीको माग गर्दै बालुवाटारमा मानव अधिकारकर्मीद्धारा धर्ना


काठमाडौं – कञ्चनपुरकी १३ वर्षीय बालिका निर्मला पन्तको हत्यारालाई पक्राउ गरी कारवाही गर्न सरकार असफल भएको भन्दै मानव अधिकारकर्मीहरुले शुक्रबार बिहान प्रधानमन्त्री निवास बालुवाटारको मूलगेट अगाडि धर्ना दिएका छन् ।

बलात्कारपछि हत्या गरिएकी बालिका पन्तको हत्यारालाई पक्राउ गरी कारबाही गर्न सरकार असफल भएपछि त्यसको विरोधमा बालुवाटारमा धर्ना दिनु परेको मानव अधिकारकर्मीहरुले बताएका छन् । उनीहरुले निर्मला पन्तको हत्यारालाई अझै पक्राउ गरी कार्वाही गर्न नसकेको भन्दै सरकार र नेपाल प्रहरीप्रति आक्रोश व्यक्त गरेका हुन ।

उनले दैनिक रुपमा बढदै गएको हत्या, हिंसा, बलात्कार लगायतका घटना नियन्त्रण गर्न नसक्ने सरकारले शान्ति सुरक्षाको उचित प्रबन्ध गर्न नसक्ने भन्दै आक्रोश समेत व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस
Advertisement