राष्ट्रिय गौरवका आयोजना छिटो सम्पन्न गर्न उर्जामन्त्री पुनले कर्मचारीलाई दिए निर्देशन


काठमाडौं- उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुनले राष्ट्रिय गौरवका आयोजना छिटो सम्पन्न गर्न कर्मचारीलाई निर्देशन दिएका छन् । २०७४/०७५ को दोस्रो चौमासिक प्रगति समस्या तथा मन्त्रालय स्तरीय विकाश समस्या समाधान समितिको बैठकमा बोल्दै मन्त्री पुनले मन्त्रालय अन्तर्गतका राष्ट्रिय आयोजना समयमै सम्पन्न गर्न कर्मचारीलाई निर्देशन दिएका हुन् ।

मन्त्रालय अन्तर्गत नीतिगत तहका कर्मचारी सहभागी उक्त बैठकमा मन्त्री पुनले राष्ट्रिय गौरवका आयोजना समयमै पुरा नभएको गुनासो बढ्दै गएको समयमा अब कुनै पनि बाहानामा विकाशका आयोजना नरोक्न निर्देशन दिए ।

उनले मन्त्रालयमा भएको समस्या समन्वयात्मक ढङ्गबाट समाधान गरेर अगाडि बढ्ने बताए । उनले भने, ‘राष्ट्रिय गौरवका आयोजना रोकिनु भएन, बजेटको समस्या भए मन्त्रालयबाट समाधान हुन्छ । ’ मन्त्री पुनले आयोजना समयमै सम्पन्न गर्दा आउने समस्या आफुलाई सिधै बताउन आग्रह गर्दै अन्य बाहानामा आयोजना ढिलासुस्ती नर्गन निर्देशन दिए । काममा खर्च कम भएको बताउँदै उनले पुँजीगत खर्च गर्न पनि निर्देशन दिए ।

‘काममा समस्या पर्दा सिधै मलाई भन्दा हुन्छ । समस्याको हल मन्त्रालयबाट हुन्छ । उनले भने, ‘अन्य बाहानामा काम रोकिनु हुँदैन ।’
मन्त्री पुनले अबको समय मुलुकको विकाश र समृद्धि भएकाले यसमा सबैले आफ्नो भूमिका निर्वाह गर्नुपर्ने बताए । उनले मुलुकले स्थिर सरकार पाएकाले पहिला जस्तो अनेक समस्याले विकाशका आयोजना पन्छाउने जस्ता कार्य अब नहुने बताए ।

मन्त्री पुनले नीति र नेतृत्वको निरन्तरताले अब काम हुने बताउँदै सबैविच समन्वय हुनुपर्ने बताए । समितिको बसेको पहिलो बैठकमा मन्त्री पुनले यस्ता बैठक नियमित हुनुपर्ने बताउँदै कर्मचारीबीच नीतिगत विषयमा छलफल र समिक्षा आवश्यक भएको उल्लेख गरे ।

प्रतिक्रिया दिनुहोस
Advertisement